चट्याङ लाग्दा फर्ममा आगलागी, एउटा गाई मर्‍यो | Khabarhub Khabarhub

चट्याङ लाग्दा फर्ममा आगलागी, एउटा गाई मर्‍यो


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सन्धिखर्क नगरपालिकामा रहेको किसानको पशुपालन फर्ममा आज बिहान चट्याङ परेर आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।

बिहान ४ बजेतिर परेको चट्याङले सन्धिखर्क वडा नं १० बेलटारीमा रहेको त्रिकन्या गौरी कृषि तथा पशुपक्षी पालन फर्ममा आगलागी भएको फर्मका सञ्चालक बाबुराम पाण्डेले बताए ।

आगलागीमा परी एउटा जर्सी गाई मरेको छ । नौ जर्सी गाई आगाले पोलेर घाइते भएका छन् । घाइतेमध्ये चार गाईको अवस्था गम्भीर रहेको उपचारमा संलग्न पशु प्राविधिक प्रदीप आचार्यले बताए ।

आगलागीबाट फर्ममा रहेका जेनेरेटर, कुटानी पिसानी मिललगायत यान्त्रिक सामग्रीसहित दानाको गोदाम, गाईभैंसीलाई खुवाउने पराल, खरलगायत फर्मका अन्य सामग्री जलेर नष्ट भएको फर्म सञ्चालक पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ३ : २२ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर