अछामबाट उद्धार गरिएकी सुत्केरीको कोहलपुरमा मृत्यु « Khabarhub

अछामबाट उद्धार गरिएकी सुत्केरीको कोहलपुरमा मृत्यु


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंगलसेन– अछामबाट हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि नेपागञ्ज रेफर गरिएकी सुत्केरीको मृत्यु भएको छ ।

अत्याधिक रक्तश्राव भएपछि रेफर गरिएकी रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउँदको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

२५ दिन अघि भटाकाटिया स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई पेटको दुखाई बढेपछि शनिबार बयलपाटा अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा सुत्केरीको पेटमा अत्याधिक रक्तश्राव भएको पाइएपछि तत्काल अप्रेशन गर्नु पर्ने भएकाले कोहलपुर मेडिकल अस्पतालमा रिफर गरिएको थियो ।

तर, कोहलपुर मेडिकल कलेजमा शल्यक्रिया नहुँदै उनको मृत्यु भएको श्रीमान् मान बहादुर साउँदले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ४ : २३ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको