सगरमाथाबारे भ्रम छरेको भन्दै सिन्धुलीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन « Khabarhub

सगरमाथाबारे भ्रम छरेको भन्दै सिन्धुलीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेकाे भन्दै ट्वीट गरेको विषयलाई लिएर सिन्धुलीमा युवाहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् ।

सिन्धुलीको भिमानमा डा. केशव पौडेलको नेतृत्वमा जागरुक युवाहरुको समूहले चिनीयाँ राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् । नेपालको झण्डा बोकेका युवाहरुले राष्ट्र र राष्ट्रियताको नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरे ।

केही दिन अघि चीनको सरकारी मिडियाले सगरमाथा चीनको भूमिमा रहेका उल्लेख गर्दै ट्वीट गरेको थियो ।

२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटरमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्बिर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो ।

सो विषयलाइ लिएर नेपालीहरुले समेत सामाजिक सञ्चालमा चीनको विरोध जनाइरहेका छन् । गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो । उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : १९ बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने