सगरमाथाबारे भ्रम छरेको भन्दै सिन्धुलीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन | Khabarhub Khabarhub

सगरमाथाबारे भ्रम छरेको भन्दै सिन्धुलीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेकाे भन्दै ट्वीट गरेको विषयलाई लिएर सिन्धुलीमा युवाहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् ।

सिन्धुलीको भिमानमा डा. केशव पौडेलको नेतृत्वमा जागरुक युवाहरुको समूहले चिनीयाँ राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् । नेपालको झण्डा बोकेका युवाहरुले राष्ट्र र राष्ट्रियताको नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरे ।

केही दिन अघि चीनको सरकारी मिडियाले सगरमाथा चीनको भूमिमा रहेका उल्लेख गर्दै ट्वीट गरेको थियो ।

२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटरमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्बिर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो ।

सो विषयलाइ लिएर नेपालीहरुले समेत सामाजिक सञ्चालमा चीनको विरोध जनाइरहेका छन् । गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो । उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : १९ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर