भारत सीमासँग काँडेतार लगाउन माग « Khabarhub

भारत सीमासँग काँडेतार लगाउन माग


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी र युवा सङ्गठनले नेपाल–भारत सिमानामा काँडेतार लगाउन माग गरेका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै नेपालको सिमाना रक्षाका लागि सिमानामा सुरक्षा फौज राख्नुपर्ने र सिमानामा काँडेतार लगाई घेराबार गर्न माग गरेको हो ।

मन्त्री ज्ञवालीलाई सङ्घका संयोजक रामप्रसाद सापकोटा र अनेरास्ववियुका संयोजक ऐन महरको नेतृत्वमा गएको टोलीले मन्त्री ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै भारतसँग सीमासम्बन्धी दीर्घकालीन समस्या समाधान गर्नका लागि उच्च तहबाट निर्णायक पहल गर्नसमेत सरकारलाई अनुरोध गरेको छ ।

ज्ञापनपत्रमा गत मङ्सिरमा भारतले नेपाली भूमि अतिक्रमण गरी सार्वजनिक गरेको राजनीतिक नक्साको खारेजी र गत वैशाख २६ गते भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण गरी बनाइएको सडक सञ्चालन रोक्नका लागि तत्काल कूटनीतिक कदल चाल्नसमेत सरकारलाई आग्रह गरेको छ ।

उनीहरुले भारत पक्षले तावाघाट, लिपुलेक हुँदै मानसरोवरतर्फ जान हाम्रो देशको व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्मको भूभाग मिचेर २२ किलोमिटर लामो बाटो निर्माण गरी शिलान्यास भएको खबरले आक्रोशित बनाएको भन्दै तत्काल कूटनीतिक पहलकदमीबाट यी कदम रोक्न रोकाउन र सम्र्पूण नेपालका मिचिएका भूमिफिर्ता गर्न गराउनसमेत विशेष पहल गर्न माग गरेका छन् ।

विश्व मानवजगत् कोरोना भाइसरद्वारा आक्रान्त भएको समय छोपेर इतिहासका तथ्य तथा प्रमाणलाई समेत कुल्चदै असल छिमेकीको सम्बन्धमा समेत प्रश्न उब्जाउने गरी भारतले देखाएको विस्तारवादी रवैया सुगौली सन्धिको समेत विरुद्धमा रहेको उल्लेख गरिएको छ ।

सन्धिअनुसार महाकाली नदीको पूर्व लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालीको भूभाग हो भन्ने स्पष्ट गरेको उल्लेख गर्दै नावी र गुञ्जी नेपालकै टोलीले जनगणना गरेका तथ्यले समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभागमा रहेको स्पष्ट हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : ४० बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित