नदीले बगाएर दुई जना बेपत्ता « Khabarhub

नदीले बगाएर दुई जना बेपत्ता


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखाको गण्डकी गाउँपालिका–२ पाङखोलाका एक बालकलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ ।

माछा मार्ने क्रममा आज दिउँसो स्थानीयवासी रुद्रबहादुर चेपाङका छोरा १४ वर्षीय विकास चेपाङलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

बेपत्ता बालकको अहिले प्रहरी र स्थानीयवासीले खोजी कार्य गरिरहेको वडा नं १ वडा सदस्य मीनबहादुर सुनारले जानकारी दिए । बुबासँगै माछा मार्ने क्रममा चेपाङलाई एक्कासि नदीले बगाएको थियो ।

यता गोरखाको शहीद गाउँपालिका–३ भुवनीटार स्थित मस्र्याङ्दी नदीले बगाएको एक युवक बेपत्ता भएका छन् ।

बाग्लुङ जिल्लाको बरेनडाँडा गाउँपालिका–१ घर भएका १९ वर्षीय कृष्णबहादुर पुनलाई पौडी खेल्ने क्रममा आज दिउँसो नदीले बगाएको हो । नदीले बगाएर बेपत्ता बनाएका दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ९ : ४१ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको