लिपुलेकबारे नेकपा नेताबीच कटाक्ष : पोखरेलको कुरामा रावलले भने आफ्ना गल्ती छोप्न अरुलाई दोष दिने ? | Khabarhub Khabarhub

लिपुलेकबारे नेकपा नेताबीच कटाक्ष : पोखरेलको कुरामा रावलले भने आफ्ना गल्ती छोप्न अरुलाई दोष दिने ?


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले चीनसँग जोड्ने व्यापार मार्ग नेपाली भुमी लिपुलेक भएर खोलेपछि नेपाली राजनीति तरंगित भएको छ ।

भारतीय कदमको सडकदेखि सदनसम्म चर्को विरोध भइरहेका बेला सत्तारुढ दलकै नेताहरुबीच कटाक्ष शुरु भएको छ । उनीहरु सामाजिक सञ्जालमा एकअर्काबीच आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य डा. भीम रावलले आफ्ना गल्ती छोप्न अरुलाई दोष दिने काम बन्द गर्न नेकपाकै अर्का नेता शंकर पोखरेललाई आग्रह गरेका छन्।

प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् रावललाई सरकारको विरोध गर्नुभन्दा रचनात्मक सुझाव दिएर निःशर्त सहयोग गर्न आग्रह गरेका थिए।

नेता पोखरेलको स्टाटस यस्तो छ

विगतमा गृह,रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हानु भएका र सुदुरपश्चिम प्रदेसको इन्चार्ज समेत रहनु भएका कमरेड भिम रावलजीले कालापानी लगायत नेपाल भारत बीचको सिमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफूले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खवर सुन्न पाएको भए खुसीको अनुभूती हुने थियो । राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा बलियो एकता र सार्थक पहलको खाँचो पर्दछ । संसदका समिति र संसद भित्रको छलफलमा पनि त्यो देखिनु आवश्यक छ । आपसी कटाक्ष र विवादले राष्ट्रको पक्षनै कमजोर बन्न पुग्छ । सिमाअतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।

नेता पाेखरेलले आपसी कटाक्ष र विवादले राष्ट्र कमजोर बन्ने भन्दै सीमा अतिक्रमणजस्तो संवेदनशील विषयमा राज्यलाई निःशर्त सहयोग गर्नु सबैको कर्तव्य भएको बताइरहँदा नेता रावलले सञ्जाल ट्वीटरमार्फत् आफू मनपरी गर्ने तथा आफ्ना कमिकमजोरी छोप्न अरुलाई दोष दिनुको कुनै औचित्य नरहेको बताएका छन्।

‘नेपालको संविधान, नेकपाको सिद्धान्त र नीतिविपरीतका कामबारे समयमै औंल्याउनु सरकारलाई रचनात्मक सहयोग गर्नु हो’, रावलले लेखेका छन्, ‘गलत कामको आँखा चिम्लेर समर्थन गर्नु सरकार र पार्टीलाई गल्ती गरिरहन दिएर अन्ततः विनाशतर्फ जान दिनु हो।’

रावलले पार्टीमा संस्थागत र विधिसम्मत छलफलको पनि माग गरेका छन्। ‘छलफलको निष्कर्षको आधारमा पार्टी र सरकार चलाऔँ’, रावलले भनेका छन्। उनले तुरुन्त स्थायी कमिटीको बैठक बोलाउन पनि नेतृत्वसँग माग गरेका छन्।

नेता रावलको ट्वीट यस्तो छ-

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ५५ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर