पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टिनमा « Khabarhub

पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टिनमा


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टिनमा बसेका हुन् ।

ती बालबालिकामध्ये छेडेदह गाउँपालिकामा ६२, बूढीगङ्गा नगरपालिकामा १५३, त्रिवेणी नगरपालिकामा १११, बडिमालिका नगरपालिकामा ४२, गौमुल गाउँपालिकामा ३२ बालबालिका क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यस्तै हिमाली गाउँपालिका आठ, स्वामिकार्तिक खापर गाउँपालिका ३०, जगन्नाथ गाउँपालिकामा १२ बूढीनन्दा नगरपालिकामा २२ बालबालिका छन् ।

बुधबार बिहानसम्म नौवटै स्थानीय तहमा रहेका १३२ क्वारेन्टिनमा जम्मा पाँच हजार ३३२ रहेका छन् । जसमा तल्लो क्षेत्रमा पर्ने बडिमालिका नगरपालिकामा २७६, गौमुल गाउँपालिकामा ३४०, खप्तड छेडेदह गाउँपालिकामा एक हजार १९५ जना बूढीगङ्गा नगरपालिकामा एक हजार २७८ र त्रिवेणी नगरपालिकामा एक हजार ८३ जना रहेका छन् ।

त्यस्तै पूर्वी–उत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा ३०४, स्वामिकार्तिक खापर गाउँपालिकामा २८०, जगन्नाथ गाउँपालिकामा ३१८, बूढीनन्दा नगरपालिकामा ३०२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वाथ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए ।

त्यसैगरी हालसम्म २० जना सुत्केरी तथा गर्भवती महिला क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । क्वारेन्टिनमा रहेका पाँच हजार ३३२ मध्ये चार हजार ४१६ भारतबाट आएका छन् ।

४६७ को स्वाब सङ्कलन

जिल्लाका नौवटै स्थानीय तहका क्वारेन्टिनमा बसेका ४६७ जनाको स्वाब सङ्कलन गरिएको छ । भारतबाट आएका, आरडिटी पोजेटिभ देखिएका र कोरोना सङ्क्रमित भेटिएको क्वारेन्टिनमा बसेका शङ्कास्पद ४६७ जनाको स्वाब सङ्कलन गरिएको हो ।

स्वाब सङ्कलन गरिएकामध्ये १०५ महिला र ३६२ पुरुष गरी ४६७ रहेको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । हाल जिल्लामा दुई जना आइसोलेसन शय्या छन् भने एक कोरोना सङ्क्रमित उपचार गराइरहेका छन् । यस्तै एक दुई वर्षकी बालिकाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

जिल्लामा हाल भिटिएम किट पनि २७ वटा मात्र बाँकी छन् । प्राप्त २५२ वटा खर्च भइसकेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्क छ ।

हालसम्म एक हजार ९६८ को आरडिटी परीक्षण गरिएको जनाएको छ । जसमा ४०७ महिला र एक हजार ५६१ पुरुषको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा पछिल्लो केही सातादेखि स्थानीय तहले सबै ठाउँमा गरेर १६७ शय्याको आइसोलेसन कक्ष बनाएका छन् । जिल्ला अस्पताल बाजुरामा १२ शय्याको आइसोलेसनकक्ष रहेको छ भने त्रिवेणी नगरपालिकामा ६०, बूढीगङ्गा नगरपालिकामा ३५, खप्तड छेडेदह गाउँपालिकामा आठ, गौमुल गाउँपलिकामा १०, बडिमालिका नगरपालिकामा ३७, स्वामीकार्तिक खापर गाउँपालिकामा एक हिमाली गाउँपालिकामा दुई र बूढीनन्दा नगरपालिकामा दुई गरी १६७ शय्याका आइसोलेसनकक्ष रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १० : ३२ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको