थुनुवाको मृत्युपछि छानबिनको माग गर्दै प्रदर्शन « Khabarhub

थुनुवाको मृत्युपछि छानबिनको माग गर्दै प्रदर्शन


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- इलाका प्रहरी कार्यालय सवैलाको थुनुवाकक्षमै एक जना झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएपछि स्थानीयवासी छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

थुनामा रहेका धनुषा सवैला नगरपालिका–१२ का २२ वर्षीय शम्भु सदा मुसहर झुन्डिएको अवस्थामा मृत भेटिएको इप्रका सवैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले बताए ।

‘सवारी ज्यान कसुर मुद्दामा थुनामा रहेका मुसहर गएराति २ बजेतिर शौचालयमा झुन्डिएको अवस्थामा हामीले पायौँ’, प्रहरी निरीक्षक यादवले भने।

थुनामै मुसहरको मृत्यु भएपछि घटना शङ्कास्पद रहेको भन्दै स्थानीयवासीले बरकुर्वामा सडक अवरुद्व गरी प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले प्रहरी भ्यानमा समेत तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

स्थानीयवासीले प्रहरी चौकीमा बाहिरबाटै ढुङ्गामुढा गरेपछि बाहिर राखिएको भ्यानमा क्षति पुगेको छ । प्रहरीले घटनाबारे छानबिन भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ११ : ०३ बजे

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज