कोरोना भाइरस साझा सत्रु हो मिलेर नियन्त्रण गरौं– प्रधानमन्त्री « Khabarhub

कोरोना भाइरस साझा सत्रु हो मिलेर नियन्त्रण गरौं– प्रधानमन्त्री


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधामन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९( सबैको साझा सत्रु भएकाले यसको मिलेर नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस नियन्त्रण गर्न भएका कार्यका बारेमा आएका आलोचनाहरुलाई आफुले सकारात्मक रुपमा लिएको बताए ।

उनले सरकारका काम मात्रै नभई जुनसुकै विषयमा पनि सतप्रतिशत सुद्धताको कुरा गाहो कुरा भएकाले सरकारका प्रयासहरु पनि सत प्रतिशत ठीक र प्रयाप्त नभएको हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको लकडाउनको प्रभावकारीका भने देखिएको दाबी गरे ।

केही स्थानमा व्यवस्थापनको कमजोरी देखिए पनि कोभिड १९ बाट बच्न र बचाउन नागरिकले अवलम्बन गर्ने स्वास्थ्य सर्तकता कायम गराउने सवालमा सरकारका प्रयासले सचेतना फैलिएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले कोभिड १९ संक्रमण बढ्ने क्रम ‘बाँध फुटेको बाढी’ जसरी फुटेकाले केही समस्या भएको भन्दै सरकारको व्यवस्थापन प्रभावकारी ढंगले भएको दाबी गरे ।

उनले आरडीटी वा पीसीआर परीक्षणको विषय राजनीति नभई प्राविधिक भएकाले सोही अनुसार निर्णय गर्नुपर्ने उल्लेख गरे । बजेट कोरोना नियन्त्रण रोकथाम र उपचार लगायत स्वास्थ्य क्षेत्रमा नै केन्द्रीत भएको स्पष्ट पारे ।

कोरोना रोकथाम नियन्त्रण र उपचार संग मात्रै सम्बन्धित नभएर मुलुकको अर्थतन्त्र र विकास संग पनि सम्बन्धित भएकाले सोही ढंगले बजेटको व्यवस्थापन गरिएको स्पष्ट पारे ।

पीसीआर परीक्षणको दायरा बढाएको भएपनि विदेशबाट आउनेको संख्या बढेकाले समस्या भएको बताए । उनले क्वारेन्टाइन मापदण्ड अनुरुप भए नभएको अनुगमन गर्न पठाईएको र मापदण्ड नपुगेका हरुको सुधार गर्दे लगिने प्रतिवद्धता जनाए । उनले कोरोना संक्रमितको संख्या, परीक्षण तथा स्वास्थ्य पुर्वाधार विकास बारे पनि जानकारी गराए ।

उनले नेपाल फर्कनै पर्ने व्यक्तिहरुलाई नेपाल फर्काउने व्यवस्था मिलाईएकाले क्रमैसंग ल्याईने बताए ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका लागि बजेट विनियोजन उपयुक्त ढंगले भएको र तीनको कामको प्रभावकारीता पनि अघि बढेको स्पष्ट पारे ।

उनले सरकारका केही निकायलाई प्रभावकारी काम होस् भन्ने दृष्टिले प्रधानमन्त्री कार्यालय मातहत लगिएको स्पष्ट पारे ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १२ : ४८ बजे

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

यस्तो छ मधेश प्रदेशको बजेट (पूर्णपाठ)

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब