डडेल्धुराका स्थानीय तह र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग « Khabarhub

डडेल्धुराका स्थानीय तह र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट बच्न तथा सर्तकता अपनाउनका लागि सुरक्षित मातृत्व सञ्जालले डडेल्धुराका स्थानीय तह, स्वास्थ्य संस्था र त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नेपाली काँग्रेसकी नेतृ एवं सञ्जालकी केन्द्रीय अध्यक्ष डा आरजु राणा देउवाले मङ्गलबार जिल्लाका सात वटै स्थानीय तह, स्वास्थ्य संस्था र त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तातरण गरेकी हुन् ।

उनले जिल्लाका सात वटै स्थानीय तहका १२ बर्थिङ सेन्टर, दुई सुरक्षा निकाय र जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई स्वास्थ्य सामग्री सहयोग गरेको रुडूक डडेल्धुराकी कार्यकारी निर्देशक सरस्वती खड्काले जानकारी दिइन ।

उनका अनुसार बर्थिङ सेन्टरलाई २४ थान पिपिइ सेट, ६० लिटर स्यानिटाइजर, १२ थान थर्मलगन, २४ प्याकेट पञ्जा, तीन हजार थान मास्क, २४ जोडी गमबुट, ४८ थान एन–९५ मास्क, २४० थान साबुन, एक हजार १५२ थान स्यानिटरी प्याड र चार हजार ८०० थान सिटामोल मेट्रो औषधि सहयोग गरिएको हो ।

यसैगरी सुरक्षा निकायलाई पिपिइ सेट चार, स्यानिटाइजर पाँच लिटर, थर्मलगन दुई थान, पञ्जा दुई प्याकेट, गमबुट चार जोडी, एन–९५ मास्क आठ, साबुन ४० थान, औषधि सिटामोल ८०० थान र स्यानिटरी प्याड ९६ थान सहयोग गरिएको हो भने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई पिपिइ सेट १६, स्यानिटाइजर २० लिटर, थर्मलगन दुई, पञ्जा १० प्याकेट, पेपर मास्क दुई प्याकेट, गमबुट चार जोडी, एन–९५ मास्क १०० थान, साबुन १४० थान, स्यानिटरी प्याड १९२ थान र औषधि सिटामोल ८०० थान नेतृ देउवाले हस्तान्तरण गरिएको निर्देशक खड्काले जानकारी दिइन ।

यसअघि नेपाली काँग्रेसका सभापति देउवाले केही दिनअघि मात्र १४० क्विन्टल चामलसहित ठूलो मात्रामा खाद्यान्न राहतस्वरुप पठाएकी थिइन ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  २ : ५४ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही