कालीकोट दुर्घटना अपडेट : मृतक, घाइते र बेपत्ताको पहिचान खुल्यो « Khabarhub

कालीकोट दुर्घटना अपडेट : मृतक, घाइते र बेपत्ताको पहिचान खुल्यो


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट- कालीकोटको लालीघाटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ ।

मृत्यु हुनेमा कालीकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए।

दुर्घटनामा परी ६ जना बेपत्ता छन् । बेपत्ता हुनेमा रास्कोट नगरपालिकाका सोविन्द्र सार्की, धीर सार्की, कुल सार्की, कमर सार्की, धनरुपा सार्की र प्रकाश सार्की रहेका छन् । बेपत्ताको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको छ ।

दुर्घटनामा नौजना घाइते भएका छन् । घाइते हुनेमा रास्कोट नगरपालिकाका अनिता सार्की, सपना सार्की, गोविन्द्र सार्की, मीना सार्की, कमला सार्की, देवराज सार्की, पूजा सार्की, विवेक सार्की, निस्पता सार्की रहनुभएको छ । उहाँहरुको उपचार जिल्ला अस्पताल कालीकोटमा भइरहेको प्रहरीले जनाएको छ ।

२२ जनाको भने सकुशल उद्धार गरिएको छ ।

कालीकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर कर्णाली नदीमा खसेको थियो । टिपरमा ३९ यात्रु सवार थिए ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ३ : ५९ बजे

निफ ‘मेन इभेन्ट’मा प्रवेश, आउन थाले विदेशी अतिथि

काठमाडौं – आगामी चैत १९ देखि २३ सम्म हुन लागेको

फिल्म ‘पहाड’ को गीत ‘ॐ नम शिवाय’ सार्वजनिक

काठमाडौं – वरिष्ठ निर्देशक तुलसी घिमिरेको फिल्म ‘पहाड’को शीर्ष गीत

औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु

टीकापुर– कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका

काठमाडौंमा १९ गतेदेखि तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुने

काठमाडौं– नेपाल नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा चैत्र १९ गतेदेखि

न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा