चिनियाँ उच्च राजनीतिज्ञलाई अमेरिकामा प्रतिबन्ध | Khabarhub Khabarhub

चिनियाँ उच्च राजनीतिज्ञलाई अमेरिकामा प्रतिबन्ध


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अल्पसंख्यक युगुर मुसलमान समुदायलाई ज्यादती गरेको आरोपमा अमेरिकाले थप चार उच्च चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओसहित चार जनालाई अमेरिकाले प्रतिबन्ध लगाएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्यसमेत रहेका चेन अमेरिकाको प्रतिबन्ध खेप्ने चीनका अहिलेसम्मका उच्च अधिकारी हुन् ।

युगुर मुसलमानको मानव अधिकार हनन हुने गरीको ज्यादतीमा चेन योजनाकार रहेको अमेरिकाले दाबी छ ।

यसअघि चीनले युगुर मुसलमान समुदायको जनसंख्या सीमित गर्नका लागि चीनले शिन्जियाङ्गका महिलाहरुलाई बन्ध्याकरण गर्न वा गर्भनिरोधक साधन लगाउन बाध्य पारिएको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको थियो ।

चीनले भने अल्पसंख्यक मुसलमानमाथि कुनै पनि किसिमको ज्यादती नगरेको बताउँदै आएको छ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ६ : ३६ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका