झुक्किएर २८ वटा कार किनेपछि… « Khabarhub

झुक्किएर २८ वटा कार किनेपछि…


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अहिले धेरै कारोबार अनलाइनबाट हुन थालेको छ । यसले धेरैको दैनिकी सहज बनाएको छ भने प्राविधिक कारणले कुनै कुनै बेला तनाव पनि उत्पन्न हुने गर्छ । यस्तै घटना घटेको छ जर्मनीमा जुन अनलाइन कारोबारसँग सम्बन्धित छ।

सुन्ने र पढ्नेलाई मज्जा लाग्ने र हसाउँने यो समाचार भोग्नेलाई कस्तो भयो होला तपाईं आफैँ अनुमान गर्नुहोस् ।

जर्मनीमा एकजना व्यक्तिले भुलबस अनलाइनमा यसरी क्लिक गरे कि २८ वटा टेस्ला कार खरिदका लागि अर्डर गयो ।

अनलाइनबाट मोडेल थ्री को टेस्ला कार खरिद गर्नका लागि क्लिक गर्ने क्रममा भुलबस २८ वटा कारका लागि उनले अर्डर गर्न पुगे ।

सोसल मिडिया प्लाटर्फम रेडिटबाट सार्वजनिक भएको उक्त घटना अहिले विश्वका धेरै मिडियाहरुमा छाइरहेको छ ।

नहोस् पनि किन १४ लाख युरोका २८ वटा टेस्ला कार एकजना मानिसले एकैचोटी अर्डर गरेको सायद इतिहासमै पहिलो पटक थियो ।

उक्त घटनाको बारेमा उनै व्यक्तिका छोराले रेडिटमा पहिलोपटक लेखेका थिए । टेस्ला कम्पनीको वेबसाइटमा आएको गडबडीका कारण एउटा कार अर्डर गर्दा २८ वटा अर्डर भएको रहेछ ।

वेबसाइटमार्फत खरिद गर्दा कन्फर्म बटनमा क्लिक गर्दा खरिद कार्य सम्पन्न भएको मेसेज आएन । त्यसैले उनले पटक-पटक कन्फर्म बटन क्लिक गरे । त्यसरी खरिद गर्दा २८ पटक क्लिक भएछ जसका कारण उनीबाट २८ वटा कार अर्डर भएछन् ।

एकचोटी अनलाइनबाट खरिद गरिसकेपछि त्यस्ता कारको रकम फिर्ता नदिने नियम छ टेस्लाको । तर ती जर्मन व्यक्तिको हकमा चाहिँ टेस्लाले आफ्नो नियम नै बदलिदियो । उनका २७ वटा कारको अर्डर रद्द मात्र गरिदिएन प्रतिकार २८ सय युरो धरौटी तथा १ सय युरो थप रकमसमेत फिर्ता गरिदियो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ९ : ४३ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको