नेकपाको स्थायी कमिटी बैठक सात दिन स्थगित « Khabarhub

नेकपाको स्थायी कमिटी बैठक सात दिन स्थगित


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा स्थायी कमिटीको बैठक थप सात दिनका लागि स्थगित भएको छ ।

बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै बैठक थप सात दिनसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

यसअघि २४ गते बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक आज बिहान ११ बजेसम्मका लागि सारिएको थियो ।

नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको छ ।

पार्टी विभाजनको संघारमा पुगेपछि सहमति खोज्न भन्दै यसअघि पनि पटक–पटक स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो । ।

प्रचण्ड–माधव नेपाल पक्षले भने ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छोड्न दबाब दिँदै आएको छ । प्रधानमन्त्री ओलीले कुनै पनि पद नछाड्ने अडान लिएका छन् ।

अध्यक्षका लागि पार्टीको महाधिवेशन पर्खिनुपर्ने र प्रधानमन्त्रीका लागि अर्को आमनिर्वाचनसम्म पर्खिनुपर्ने ओलीको अडान छ ।

स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच लगातार चलिरहेका गोप्य वार्ताले पनि सहमति पहिल्याउन सकेको छैन । बिहीबारदेखि वर्ता पनि भएको छैन । सहमतिका लागि दोस्रो तहका केही नेताहरुले गरिरहेको प्रयास दुवै पक्षको अडानका कारण सफल हुन सकेको छैन ।

सहमतिका नाममा ओलीले पार्टी कमिटीका बैठकहरु टार्न खोजेको आरोप इतर पक्षको छ । इतर पक्ष स्थायी कमिटी बैठकबाटै टुंगो लगाउने पक्षमा छ । स्थायी कमिटीबाट नभए केन्द्रीय कमिटीबाट निर्णय गर्नुपर्ने इतर पक्षको माग छ ।

 

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १० : ०५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन