‘बीच बीचमा ३’ ल्याउँदै दुर्गेश, सार्वजनिक नहुँदै विवादमा « Khabarhub

‘बीच बीचमा ३’ ल्याउँदै दुर्गेश, सार्वजनिक नहुँदै विवादमा


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापाले सार्वजनिक गरेको म्युजिक भिडियो ‘बीच बीचमा’ गत वर्ष चर्चामा रह्यो । त्यसैबाट हौसिएका थापाले हालै ‘बीच बीचमा २’ पनि रिलिज गरे । उक्त गीतले औसत चर्चा पाइरहेको छ ।

यतिबेला भने उनले अर्को गीतको म्युजिक भिडियो ‘बीच बीचमा ३’ बजारमा ल्याउन लागेका छन् । तर, यो गीत सार्वजनिक नहुँदै विरोध शुरु भएको छ ।

दुर्गेशले बिहीवार एक गीत सार्वजनिक गर्न लागेको भन्दै एक पोस्ट शेयर गरेका थिए । उक्त पोस्टमा उनीलगायत अरु मोडलमहिलाको पोशाकमा सजिएका थिए ।

यो पोस्टर सार्वजनिक भएलगत्तै दुर्गेशले नेपाली संस्कृतिको अपमान गरेको भन्दै विरोध भएको थियो ।

विरोध भएपछि दुर्गेशले यो गीत गाईजात्रे तीज गीत भएको बताएका छन् ।

‘कथाले मागेपछि बलिउडका सलमान खान, अजय देवगनदेखि महानायक राजेश हमालले पनि शकुन्तलाको भेष धारण गर्नुपर्छ, अडियो सुनेकै छैन, भिडियो हेरेकै छैन,’ दुर्गेशले स्पष्ट पारेका छन्, ‘पोस्टर हेरेकै भरमा गलत मूल्याङ्कन गर्नु हतारको निर्णय हुनसक्छ ।

उनले आफूलाई पनि संस्कृतिको चिन्ता भएको भन्दै केही दिन धैर्य गर्न पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ११ : १६ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको