काँग्रेसद्वारा उद्धार र राहतमा सहयोग गर्न निर्देशन « Khabarhub

काँग्रेसद्वारा उद्धार र राहतमा सहयोग गर्न निर्देशन


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काँग्रेसले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा भएको जनधनको क्षति र पीडितको जीवन कष्टकर बन्दै गएको प्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवाले आज विज्ञप्तिमार्फत प्राकृतिक विपत्को यस घटनाप्रति दुःख व्यक्त गर्दै अहिलेको संवेदनशील घडीमा प्रभावितको जीवन रक्षा, उद्धार र राहतलाई प्रभावकारी बनाउनका लागि छिटोभन्दा छिटो उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न सरकारसँग आग्रह गरेका छन् ।

सभापति देउवाले प्रभावित क्षेत्रका काँग्रेसका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थालाई पीडित परिवारलाई तत्काल उद्धार र राहतमा आवश्यक सहयोग पुर्‍याउन निर्देशन दिएका छन् ।

केही दिनदेखि अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी कास्कीमा सातको मृत्यु र ११ घाइते, लमजुङमा तीनको मृत्यु र चार घाइते, सिन्धुपाल्चोकमा दुईको मृत्यु र २१ बेपत्ता तथा म्याग्दीमा ३२ जना बेपत्ता भएका छन् ।

यसैगरी कैयौँ नागरिक बासस्थानबाट विस्थापित भएको तथा कैयौँ स्थानमा बाढीपहिरोका कारण सडक यातायात अवरुद्ध भई नागरिकले कठिनाइ व्यहोर्नु परेको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ५ : ०२ बजे

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको