विपद् व्यवस्थापन प्रभावकारी बनाउन राष्ट्रपतिको जोड « Khabarhub

विपद् व्यवस्थापन प्रभावकारी बनाउन राष्ट्रपतिको जोड


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयका पदाधिकारीसँग मनसुनजन्य विपद्को सामनाका लागि पूर्वतयारी तथा बाढी, पहिरो र डुबानबाट भएका क्षति एवं प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी कामबारे चासो व्यक्त गरेकी छिन् ।

मन्त्रालयका सचिव महेश्वर न्यौपाने, मन्त्रालयअन्तर्गतको विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलसहितको टोलीसँग राष्ट्रपति कार्यालयमा भएको भेटमा राष्ट्रपतिले प्रकोप जोखिम न्यूनीकरणका लागि सरोकार निकायसँगको समन्वयमा आवश्यक प्रविधि र उपकरणको समुचित प्रबन्ध गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी हुन् ।

उनले दिगो विकासलाई ख्याल नगरी प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले पनि प्राकृतिक विपद्को जोखिमलाई बढाएको उल्लेख गर्दै सम्बन्धित विशिष्टीकृत निकायको अध्ययन र सुझावका आधारमा सडक, आवास तथा बस्ती निर्माण गर्नुपर्नेमा सम्बन्धित निकायको ध्यान आकृष्ट गराइन ।

भूकम्प, महामारी जस्ता आकस्मिक तथा बाढी, पहिरो, डुबान र आगलागी जस्ता मौसमी प्रकृतिका विपत्तिको जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, मन्त्रालय र प्राधिकरणले गरेको पूर्वतयारी र उद्धार तथा राहतका लागि गरेका प्रयत्नको प्रशंसा गर्दै राष्ट्रपतिले हालैका दिनमा बाढी तथा पहिराबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले कोभिड –१९ को महामारी नियन्त्रणका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्दै महामारी रोकथाम र नियन्त्रणमा अझ बढी सफलताका लागि सम्बद्ध सबै पक्ष थप समन्वयात्मक रूपमा अग्रसर हुनुपर्ने पनि बताएकी छिन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ६ : ४६ बजे

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।