बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन « Khabarhub

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट प्रदेशमा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनवटै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको आठवटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तयारीबारे जानकारी लिदै मुख्यमन्त्री राउतले जोखिम न्यूनीकरणको लागि आवश्यक सामग्रीहरुको तत्काल आपूर्तिगर्न समेत सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशन दिनु भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले बताए ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, प्रमुख सचिवलगायत प्रदेशका सचिवहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुखहरुको सहिभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ६ : ५४ बजे

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।