पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी पोखरामा पर्‍याे « Khabarhub

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी पोखरामा पर्‍याे


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा सबैभन्दा बढी पानी पोखरामा परेको छ।

“सबैभन्दा बढी वर्षा कास्की जिल्लाको पोखरा विमानस्थल केन्द्रमा मापन गरिएको छ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मानव सञ्चालित ३७ र स्वचालित १७७ मापन केन्द्रहरूमा वर्षाको मापन गरिएको थियो।

केन्द्रहरूमध्ये १८६ वटा केन्द्रहरुमा वर्षा भएको थियो। ती केन्द्रहरूमध्ये पोखरामा सबैभन्दा बढी वर्षा भएको थियो।

प्राधिकरणका अनुसार वर्षा मापन केन्द्रहरू मध्ये एउटामा २५० मिलिमिटर भन्दा बढी, दुईवटा केन्द्रमा २०० मिलिमिटरभन्दा बढी, तीनवटा केन्द्रमा १५० मिलिमिटर भन्दा बढी, १६ वटा केन्द्रमा १०० मिलिमिटर भन्दा बढी, ५९ केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, १०६ वटा केन्द्रमा २५ मिलिमिटरभन्दा बढी र १४८ केन्द्रहरूमा १० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको थियो।

पछिल्लो २४ घण्टामा कास्की, तनहुँ, लम्जुङ, पर्वत र म्याग्दीमा सबैभन्दा बढी पानी परेको थियो। भारी वर्षापछि गएको पहिरो कारण पोखरामा मात्र आज १० जनाको मृत्यु भएको थियो।

बिहीबार बिहान १० बजे देखि शुक्रबार बिहान १० बजेसम्म पोखरामा २५०.९ मिलिमिटर पानी परेको थियो।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ८ : ०० बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति