बर्दिया र झिमरुकमा विपद प्रतिकार्यका लागि पूर्वतयारी अभ्यास « Khabarhub

बर्दिया र झिमरुकमा विपद प्रतिकार्यका लागि पूर्वतयारी अभ्यास


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- वर्षाका समयमा मानवीय तथा भौतिक क्षति हुन नदिन जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले पूर्वाभ्यास गरेको छ ।

बाढीका कारण हुन सक्ने मानविय तथा भौतिक क्षति रोक एवं खोज तथा उद्धारलाई प्रभावकारी बनाउने उदेश्यका साथ यस वर्ष पनि बबई नदीमा पूर्वउद्धाराभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र तथा सुरक्षा निकायमा रहेका रबर बोट, खोज तथा उद्धार सामग्रीको प्रयोग गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना तथा रेडक्रसको सहभागितामा विपद्सम्बन्धी पूर्वाभ्यास गरिएको प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले जानकारी दिए ।

यसैबीच अविरल वर्षासँगै आएको बाढीपहिराबाट नागरिक जोखिममा पर्न सक्ने सम्भावनालाई ध्यानमा राखी उद्धार गर्ने अभ्यासका लागि प्युठानमा संयुक्त सुरक्षा फौजले नमुना प्रदर्शन गरेका छन् ।

प्युठान नगरपालिका–४ बिजुवारस्थित झिमरुक नदीमा नेपाली सेना र सशस्त्र प्रहरीले आज नमूना प्रदर्शन गरेका हुन् ।

वर्षायाममा बाढीपहिराका कारण जोखिम बढ्दै जान थालेसँगै नागरिकको उद्धारार्थ अभ्यासको नमूना प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद पन्थले जानकारी दिए ।

गाउँमा उपलब्ध हुन सक्ने साधन प्रयोग गरी बनाइएको ड्रम, गाडीका पाङ्ग्राका ट्युब, डोरीलगायत सामग्री प्रयोग गरी बाढीले बगाएको र पहिरामा परेका व्यक्तिको उद्धारको नमूना प्रदर्शन गरिएको हो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ८ : १२ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर