कोभिड–१९ को रोकथाम र उपचारलाई थप प्रभावकारी बनाइने « Khabarhub

कोभिड–१९ को रोकथाम र उपचारलाई थप प्रभावकारी बनाइने


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकभर कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारलगायत कार्यलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा काम गर्न ‘कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र’ (सीसीएमसी) निर्देशक समितिको संरचनामा केही व्यक्ति थप गर्न प्रस्ताव गरिएको छ ।

सीसीएमसी निर्देशक समितिको आज बसेको बैठकले समितिको संरचनामा काठमाडौँ उपत्यकामा रहेका नगरप्रमुखहरुको सञ्जालका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई आमन्त्रित सदस्यका रुपमा आमन्त्रण गर्ने बारेमा छलफल गरेको छ ।

साथै समितिको प्रादेशिक संरचनामा स्वास्थ्य निर्देशनालयका प्रमुख र जिल्लास्तरीय संरचनामा जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुखलाई थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्नेबारे छलफल भएको समितिले जनाएको छ ।

बैठकमा उद्योगका मेशिन उपकरण मर्मत जस्ता कार्यका लागि अति आवश्यक प्राविधिक विदेशबाट ल्याउनु परेमा नेपाल आउन अनुमति दिने सम्बन्धमा स्वीकृतिका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नेबारेमा समेत छलफल भएको थियो ।

यसैगरी नेपालमा लगानी गरेका लगानीकर्ता वा निजका प्रतिनिधि, नेपालमा शाखा खोली कारोबार गरिरहेको बहुराष्ट्रिय निगमका व्यवस्थापक, कर्मचारी र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था प्रमुख वा कार्यरत कर्मचारीलाई सम्बन्धित मन्त्रालयको सिफारिसमा स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्ने गरी नेपाल आउने सम्बन्धमा सम्बन्धित मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नेबारे बैठकमा छलफल भएको बताइएको छ ।

साथै हाल कायम अन्तर्राष्ट्रिय हवाई उद्धार उडानसम्बन्धी तालिकालाई पुनः परिभाषित गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जुलाई १२ पछिका एक हप्ताका लागि अन्तर्राष्ट्रिय हवाई उडान तालिका स्वीकृत गर्ने सम्बन्धमा समेत छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ९ : ४८ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति