१४ अन्तर्राष्ट्रिय उडान : १६ सय नेपाली स्वदेश फर्किए « Khabarhub

१४ अन्तर्राष्ट्रिय उडान : १६ सय नेपाली स्वदेश फर्किए


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ६११ नेपाली स्वदेश फर्किएका छन् ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्वालालम्पुरबाट १५४, दोहाबाट १४९ र रियादबाट २४७ यात्रु काठमाडौँ ल्याएको छ । दुबईबाट १५० नेपालीलाई स्वदेश फर्काएको छ । हिमालय एयरलाइन्सले दमामबाट १५४, कुवेतबाट १५१ र क्वालालम्पुरबाट १७० नेपाली ल्याएको छ ।

त्यस्तै एयर अरेबियाले सारजाहाबाट १६७, सलाम एयरले मस्कटबाट १७९ र मालिन्दो एयरले क्वालालम्पुरबाट १७० यात्रु काठमाडौँ ल्याएको छ । थप नेपाली लिन आजै नेपाल एयरलाइन्स जेजाह र दुबई प्रस्थान गरेको छ भने हिमालय एयरलाइन्स दमाम र आबुधाबी उडेको छ । आजै कोरियन एयरलाइन्सले २०५ यात्रु र एक बच्चा लिएर सिओल उडेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

शनिबार पनि विभिन्न मुलुकबाट १४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन् । नेपाल एयरलाइन्सले जापानका नारितामा चार्टर्ड उडान गर्दै छ । सोही एयरलाइन्सले बहराइन, जेदाह र दुबई उडान गर्नेछ । हिमालय एयरलाइन्स चीनको कुन्मीङ र दमाम उडान गर्ने विमानस्थलले तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १० : २७ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति