विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, ७ लाख ३३ हजारको मृत्यु « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, ७ लाख ३३ हजारको मृत्यु


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ ।

कोरोनाको महामारीले सोमबार यो समाचार तयार पार्दासम्म २ करोड १६ हजार ३२६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

एकै दिन २ लाख १९ हजार ३५३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७८३ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ५९२ पुगेको छ ।

१ करोड २८ लाख ९२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।   कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार १३९ जनाको मृत्यु भएको छ । ३० लाख ३५ हजार ९९७ जना संक्रमित भएकोमा १८ लाख २४ हजार ५७१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३४ हजार ५२३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६१ लाख १५ हजार ५७१ पुगेको छ । त्यसमध्ये ३२ लाख ६० हजार ४३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ९ हजार ६०० जनाको मृत्यु भएको छ । ५० लाख ३९ हजार ७४६ जना संक्रमित भएकोमा ३८ लाख १० हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५९ हजार ४४८ जनाको मृत्यु भएको छ । ४७ लाख ४२ हजार ४४८ जना संक्रमित भएकोमा ३२ लाख ४० हजार ८८४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २३ हजार ४०८ जनाको ज्यान गएको छ भने १० लाख ५१ हजार ८२१ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ३६ हजार ६२८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३१२ जनाको मृत्यु भएको छ । २२ हजार ९८६ जना संक्रमित भएकोमा १३ हजार २४० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : २७ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको