कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भारी वर्षा, सतर्क रहन आह्वान « Khabarhub

कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भारी वर्षा, सतर्क रहन आह्वान


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुनी वायु सक्रिय भएसँगै आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले बिहान साढे ५ बजे जारी गरेको सूचना अनुसार पछिल्लो १ घण्टा कैलाली, कञ्चनपुर जिल्लामा भारी वर्षा भएको छ ।

भारी वर्षासँगै सो क्षेत्रका चौधर, सुहेली, मोहना, खुटिया, कान्द्रालगायत खोलामा आकस्मिक बहाब हुन सक्ने तथा होचा डुबान हुनसक्ने क्षेत्रमा सतर्क रहन केन्द्रले आह्वान गरेको छ ।

नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने साना नदीमा सोमबारसम्म नै बहाव बढ्ने भएकाले तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारसम्म नै वर्षा भए पनि अब लगातार झरी सम्भावना भने कम भएको जनाएको छ ।

महाशाखाले तीन दिनको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान वुलेटिन अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले देशका सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशका अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यो क्रम बुधबारसम्म नै कायम रहने भएकाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : ५९ बजे

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली– मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले

डोल्पामा बाढी : १० घरमा क्षति, नेपाली सेनाद्वारा उद्धार जारी

काठमाडौं– डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोला क्षेत्रमा आएको बाढीले ८

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

काठमाडौं– कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय

मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल

माले– मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको राजस्वमा उल्लेख्य वृद्धि भएको

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ