सुवेदीले हलुका रुपमा माफी मागेकोमा पूजा शर्मा ‘अचम्मित’ « Khabarhub

सुवेदीले हलुका रुपमा माफी मागेकोमा पूजा शर्मा ‘अचम्मित’


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफूलाई टेलिभिजन कार्यक्रममार्फत अपमानजनक शैलीमा होच्याएको भन्दै कलाकार पूजा शर्माले पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् ।

आफ्नो मानहानी भएको भन्दै आइतवार उनले चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघ लगायत संघसंस्थामा सुवेदीविरुद्ध उजुरी दिएकी हुन् ।

पत्रकार सुवेदीको शैलीलाई लिएर अन्य कलाकार र सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि विरोध जनाएका छन् ।

पूजाले आफूविरुद्ध उजुरी दिएपछि पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभिजनबाट प्रसारण भएको कार्यक्रममार्फत आइतवार माफी मागेका छन् । उनले आफूले गल्ती भएको स्वीकार्दै केही शब्द चयन गर्दा चिप्लिएको र अब शब्द चयनमा ख्याल गर्ने बताएका छन् ।

उनले घरमा सधै यसरी बोल्ने र फिल्म क्षेत्रलाई पनि परिवार सम्झँदै यस्तो बोलेको बताएका छन् ।

पूजा शर्माले भने पत्रकार सुवेदीले गम्भीर विषयलाई हल्का रुपमा लिएर माफी मागेकोमा आफू ‘अचम्मित’ भएको प्रतिक्रिया दिएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत एक टिप्पणी गर्दै हलुका टिप्पणीसहित मागिएको माफीले आफूहरुलाई अचम्मित तुल्याएको बताएकी छिन् ।

‘एपीवान टिभीको रजतपट कार्यक्रममा भएको कलाकारप्रतिको अपमानजनक टिप्पणीविरुद्ध हिजो हामीले कलाकार संघ, निर्माता संघ, एपीवान लगायत विभिन्न महत्त्वपूर्ण ठाउँमा उजुरी दियौं, लगत्तै हिजो बेलुका सम्बन्धित कार्यक्रम प्रस्तोताले क्षमा माग्ने भिडियो पनि आयो,’ पूजा भन्छिन्, ‘त्यो सुनेर हामी झन् आश्चर्यमा पर्‍यौं, त्यस्तो गम्भीर विषयमा उहाँले दारे शब्द चिप्लिएर प्रयोग गरिएकोमा माफी पाउँ भन्नुभयो, जबकि, दारे महानायिका शब्द चिप्लिएको होइन ।’

 

उनले सुवेदीले ‘दुई दिनकी चाँदनी फिर अन्धेरी रात, तिमीहरुको के हैसियत छ ? भोलि हात जोडेर अन्तर्वार्ता दिन आउनुपर्ने दिन आउँछ, मैले एक से एक अभिनेत्रीको अन्तर्वार्ता लिएको छु, तँ आउँदिनँ भन्ने तेरो के हैसियत छ ?’ जस्ता आशय झल्किने गरी कार्यक्रममा प्रस्तुत भएको आरोप लगाइन् ।

पूजाले ‘दारे महानायिका’ भनेको भए मात्र चिप्लिएको भन्न सकिने पनि बताइन् । ‘यो गम्भीर विषयलाई कार्यक्रम प्रस्तोताले जुन ढंगले घमण्ड र दम्भसहित राष्ट्रिय टेलिभिजनमा प्रस्तुत गर्नुभएको छ, यो सम्पूर्ण कलाकारको अपमान हो,’ पूजा भन्छिन् ।

उनले भविष्यमा यस्ता घटना पुनः नदोहोरिऊन् भनेर चलचित्रसँग सम्बन्धित सरोकारवाला संघ गुहारेको पनि बताएकी छिन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ११ : ११ बजे

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा

अमेरिकामा जी-२० व्यापारमन्त्रीको बैठक

मिलवाउकी- अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा तनाव बढिरहेका बेला जी–२०

प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधनले नेपालको कूटनीतिक छवि उच्च भयो : शिशिर खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको मञ्चका कारण आगामी दिनमा