तालिबानहरु अफगान सरकारसँग वर्ताका लागि तयार « Khabarhub

तालिबानहरु अफगान सरकारसँग वर्ताका लागि तयार


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानमा विगत लामो समयदेखि सशस्त्र हिंसा गरिरहेका तालिबानी लडाकूहरुको समूह अफगानिस्तानको सरकारसँग वार्ता गर्नका लागि तयार रहेको बताइएको छ ।

उनीहरुका बन्दीहरुलाई अफगानिस्तानको सरकारले मुक्त गरिदिएमा तालिबानीहरु यसैहप्तामा नै सरकारसँग वार्तामा बस्न तयार भएको प्रवक्ता सुहिल साहिनाले बताएका छन् ।

उनलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो टेलिभिजनले भनेको छ कि सरकारले रिहा गर्नै भनेका तालिबानीहरुका बन्दीहरुलाई सरकारले रिहा गरिदिएमा उनीहरु वार्तामा बस्न तयार छन् र उनीहरु यसै हप्ता पनि वार्तामा बस्न तयार रहेका हुन् ।

अफगानिस्तानको सरकारसँग अब हुने पहिलो चरणको वार्तामा उनीहरुको तर्फबाट यसअघि भएको वार्ताका प्रमुख सहयोगकर्ता अबास स्टानिकजाले नेतृत्व गर्ने जानकारी पनि तालिबानीहरुले दिएका छन् । अब्बास तालिबानीका तर्फबाट यसअघि अमेरिकासँग भएको वार्ताका सहयोगकर्ता पनि हुन् ।

यसअघि हालैमात्र अफगानिस्तानको लोया जिर्गाले अफगानिस्तानको सरकारी जेलमा रहेका ४०० जना तालिबानलाई रिहा गर्ने सम्बन्धी सरकारको प्रस्तावलाई स्वीकृति प्रदान गरेको थियो ।

सरकारको यस निर्णयसँगै अफगानिस्तानमा तालिबानहरुको समूहले सरकारसँग वार्ता गर्ने सहमति जनाएको हो । यसअघि केही महिना अघि अफगानिस्तान सरकार र तालिबानबीच वार्ता गर्ने सहमति भएको थियो ।

केही महिनाअघि कतारको राजधानी दोहामा भएको अमेरिका, अफगानिस्तान र तालिबानबीच त्रिपक्षीय वार्ता भएको थियो ।

त्यस वार्तामा भएको सहमति बमोजिम अफगान सरकारले आफ्ना बन्दी रिहा गरेकोले तालिबानीहरु सरकारसँग वार्तामा बस्न तयार भएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १२ : १६ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब