हङकङका प्रजातन्त्रवादी अभियान्ता जिमी लाई पक्राउ « Khabarhub

हङकङका प्रजातन्त्रवादी अभियान्ता जिमी लाई पक्राउ


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हङ्‌कङका चर्चित प्रजातन्त्रवादी अभियान्ता जिमी लाई हङकङ प्रहरीले पक्राउ गरेको छ ।

विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा ७१ वर्षीय जिमी लाई  प्रहरीले पक्राउ गरेको हो ।

गत महिना चीनले कार्यान्वयन गराएको विवादास्पद राष्ट्रिय सुरक्षा कानून उल्लंघन गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

उनी गत वर्ष हङ्‌कङमा भएको प्रजातन्त्रवादी आन्दोलनका समर्थक र त्यहाँको सबैभन्दा ठूलो एपल डेली समाचारपत्रका प्रकाशकसमेत हुन्।

गत फेब्रुअरीमा उनलाई अवैधानिक रूपमा भेला भएको तथा बलजफती गरेको अभियोगमा पक्राउ गरिएको थियो। त्यसबेला उनी धरौटीमा छुटेका थिए । उनीसँगै प्रहरीले सोमवार सात व्यक्तिलाई राष्ट्रिय सुरक्षा कानून उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १२ : २९ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै