भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार « Khabarhub

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि राष्ट्रिय प्रसारण प्रणालीबाट ४३० मेगावाट विद्युत् बाहिरिएको छ। बाढीका कारण विद्युत् आपूर्ति प्रभावित भएपछि सरकारले उपत्यकासहितका क्षेत्रमा वैकल्पिक व्यवस्थापनको गृहकार्य तीव्र बनाएको छ।

त्रिशूली करिडोरबाट काठमाडौँको बालाजु र चपली जोड्ने प्रसारण लाइनमा क्षति पुगेपछि प्रणालीमा चाप परेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार विद्युत् प्राधिकरणले ‘टास्क फोर्स’ नै गठन गरेर वैकल्पिक आपूर्ति प्रणाली विकासको काम अगाडि बढाएको छ।

आगामी हिउँदमा पर्न सक्ने विद्युत् चापलाई मध्यनजर गर्दै मन्त्रालयले मंगलबार सडक विभाग र काठमाडौँ महानगरपालिकासँग थप भूमिगत ग्रिड निर्माणका लागि छलफल गरेको छ। छलफलमा सडक विभागका काठमाडौँ डिभिजन प्रमुख सुबोध देवकोटा र महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेशकुमार राईले भूमिगत तार व्यवस्थापन तथा ग्रिड निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्राधिकरणका आयोजना निर्देशनालय प्रमुख दुर्गानन्द बडियात र बागमती वितरण तथा ग्राहक निर्देशनालय प्रमुख मुनिन्द्र ठाकुरले काठमाडौँ उपत्यकाभित्रको हिउँदे माग व्यवस्थापनका लागि वितरण प्रणालीलाई सघन र व्यवस्थित बनाइने बताए। सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले उपत्यकाको विद्युत् आपूर्ति सहज बनाउन सबै निकायको उच्च सहकार्य आवश्यक रहेको उल्लेख गरे।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ११ : ०३ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्