मन्त्रिपरिषद् बैठक बस्दै, संक्रमण नियन्त्रणका लागि थप कडाइको तयारी | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, संक्रमण नियन्त्रणका लागि थप कडाइको तयारी


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक आज साँझ बस्दैछ ।

साँझ ५ बजेका लागि बोलाइएको नियमित बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि फेरि कडाइ गर्ने निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

‘साउन ६ मा लकडाउन अन्त्यको घोषणापछि अस्वाभाविक तवरले संक्रमण बढ्न थालेको छ, कोरोना थप फैलिन नदिनका लागि केही प्रतिबन्धात्मक निर्णय कायम गर्ने निर्णय हुन सक्छ,’ ती मन्त्रीले

यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान, लामो तथा छोटो दूरीका सार्वजनिक यातायात तथा विद्यालय भर्ना खोल्ने निर्णय गरेको थियो ।

लकडाउन अन्त्य भएको घोषणा गरिएयताका १९ दिनमा झण्डै ५ हजार कोरोना संक्रमित थपिएपछि सरकार तत्काल लामो दूरीका सवारी साधन र हवाई सेवा भदौ १५ सम्म सञ्चालन नगर्न कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले सरकारलाई प्रस्ताव गरेको छ ।

साउन ६ गते लकडाउन अन्त्यको घोषणा हुँदा १७ हजार ९९४ जना संक्रमित भएकोमा आइतबार २५ साउनमा संक्रमित संख्या २२ हजार ९७२ पुगेका छन् । यस्तै साउन ६ मा कोरोनाले ४० जनाको मृत्यु भएकोमा १९ दिनकाबीचमा थप ३५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  २ : ३३ बजे

बैंगलोरले चेन्नईलाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज