मन्त्रिपरिषद् बैठक बस्दै, संक्रमण नियन्त्रणका लागि थप कडाइको तयारी « Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, संक्रमण नियन्त्रणका लागि थप कडाइको तयारी


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक आज साँझ बस्दैछ ।

साँझ ५ बजेका लागि बोलाइएको नियमित बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि फेरि कडाइ गर्ने निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

‘साउन ६ मा लकडाउन अन्त्यको घोषणापछि अस्वाभाविक तवरले संक्रमण बढ्न थालेको छ, कोरोना थप फैलिन नदिनका लागि केही प्रतिबन्धात्मक निर्णय कायम गर्ने निर्णय हुन सक्छ,’ ती मन्त्रीले

यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान, लामो तथा छोटो दूरीका सार्वजनिक यातायात तथा विद्यालय भर्ना खोल्ने निर्णय गरेको थियो ।

लकडाउन अन्त्य भएको घोषणा गरिएयताका १९ दिनमा झण्डै ५ हजार कोरोना संक्रमित थपिएपछि सरकार तत्काल लामो दूरीका सवारी साधन र हवाई सेवा भदौ १५ सम्म सञ्चालन नगर्न कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले सरकारलाई प्रस्ताव गरेको छ ।

साउन ६ गते लकडाउन अन्त्यको घोषणा हुँदा १७ हजार ९९४ जना संक्रमित भएकोमा आइतबार २५ साउनमा संक्रमित संख्या २२ हजार ९७२ पुगेका छन् । यस्तै साउन ६ मा कोरोनाले ४० जनाको मृत्यु भएकोमा १९ दिनकाबीचमा थप ३५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  २ : ३३ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको