लगानी बोर्डमा नियुक्त भट्टको नियुक्तिविरुद्ध उच्च अदालतमा रिट « Khabarhub

लगानी बोर्डमा नियुक्त भट्टको नियुक्तिविरुद्ध उच्च अदालतमा रिट


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको सुशील भट्टको नियुक्ति बदरको माग उच्च अदालत पाटनमा रिट परेको छ।

सोमबार अधिवक्ता जयबहादुर भुजेलले उत्प्रेषणको आदेशबाट भट्टको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालतमा रिट दिएका हुन् ।

भट्टले यसअघि विभिन्न परियोजनाहरू अलपत्र पार्ने गरेको आरोप लगाउँदै रिट दायर भएको हो । रिटको पेशी मंगलबारलाई तोकिएको छ।

बोर्डमा स्वच्छ छवि भएको योग्य र दक्ष व्यक्तिलाई नियुक्त गर्ने आदेश सरकारलाई दिन पनि रिट निवेदकले माग गरेका छन्।

साउन १९ गते बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी नियुक्त गरेको थियो।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  २ : ५८ बजे

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,