किष्ट अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु « Khabarhub

किष्ट अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किष्ट मेडिकल कलेजमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ ।

किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अप्रेटीभ अफिसर अनिश पाठकले जनाकारी दिए ।

पाठकका अनुसार ती महिला साउन २५ गते निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएकी थिइन् उनको आज बिहान ९ बजे मृत्यु भएको थियो । ती महिलाको सोमबार साझँ ४ बजे कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको पाठकले बताए ।

उनले भने, ‘२५ गते निमोनियाको समस्या लिएर भर्ना हुनु भएको थियो, आज बिहान ९ बजे उहाँको मृत्यु भएको हो । अहिले ४ बजे रिपोर्ट पोजेटिभ आयो ।’

पाठकका अनुसार ती महिलाको शब कोभिड संक्रमित शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको तयारी भइरहेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८० पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने उनको मृत्यु पुष्टि गर्न बाँकी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै थप चार जनाको कोरोनाले मृत्यु भएको पुष्टिसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : २२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको