‘पाकिस्तानले बौद्ध धरोहर नास हुने गरी कश्मिरमा बाँध बनाउनु आपत्तिजनक’ « Khabarhub

‘पाकिस्तानले बौद्ध धरोहर नास हुने गरी कश्मिरमा बाँध बनाउनु आपत्तिजनक’


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान नियन्त्रित कश्मिरमा प्राचीन बौद्ध कलाकृति, शिलालेख र ऐतिहासिक-सांस्कृतिक धरोहरहरु नष्ट गर्ने गरी दियामर-भाशा डैम बाँधको निर्माण हुन लागेकोमा नेपाल रिपब्लिक पार्टीले आपत्ति जनाएको छ ।

‘गिलगित-बल्तिस्तान क्षेत्रमा निर्माण हुने उक्त बाँधले सात हजार वर्ष अघिका पाँच हजार भन्दा बढी पुरातात्विक महत्वका शिलालेख र कलाकृतिहरू मात्र होइन, सांस्कृतिक-पुरातात्विक वैभवले सम्पन्न एउटा सिङ्गो गाउँ नै डुब्नेछ’ प्रेस विज्ञिप्तमा भनिएको छ ।

सो क्षेत्र विशेषतः प्राचीन बौद्ध धरोहर भए पनि उक्त सम्पदाले बौद्ध-हिन्दू धर्म-संस्कृतिका साथै मानवीय इतिहास र संस्कृतिकै संरक्षणका दृष्टिले महत्वपूर्ण रहेको छ ।

यस्तो अवस्थामा बौद्ध-हिन्दू धर्म-संस्कृतिको विरोधी पाकिस्तान र कम्युनिष्ट चीनको साठगाँठमा उक्त बाँधको निर्माण गरिनु आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल रिपब्लिक पार्टीले उक्त ठाउँमा उक्त बाँध निर्माण कार्य तत्काल रोक्न पाकिस्तान र चीन सरकार दुवैलाई आग्रह गरेको छ । बाँध निर्माण आवश्यक नै भएमा उक्त स्थान भन्दा तल वा माथि निर्माण गरिनुपर्ने जनाएको छ ।

ऐतिहासिक सम्पदालाई क्षतिग्रत र नष्ट नबनाउन उसले आग्रह गरेको छ।

रिपब्लिक पार्टीले यसबारे नेपाल सरकार, नेपालका बौद्ध-हिन्दू समुदाय र समग्र प्रजातान्त्रिक विश्वको ध्यानाकर्षण गराएको छ ।

धर्म, संस्कृति र मानवीय इतिहासप्रति आस्था राख्ने प्रत्येक देशका र प्रत्येक समुदायले उक्त स्थानमा सो बाँध निर्माणप्रति आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ ।

चीनको उक्साहटमा पाकिस्तानले उक्त विवादित स्थानमै बाँध निर्माण गर्यो भने यसको गम्भीर परिणाम उसले भोग्नुपर्ने समेत नेपाल रिपब्लिक पार्टीले चेतावनी दिएका छ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १ : ०१ बजे

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौं – निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली – बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई

अमेरिकी रक्षा मन्त्रीको दाबी : हिन्द महासागरमा इरानी युद्धपोत डुबाइयो

वासिङ्टन-अमेरिकी रक्षा मन्त्री पेट हेग्सेथले हिन्द महासागरमा इरानी युद्धपोत डुबाउन