'पाकिस्तानले बौद्ध धरोहर नास हुने गरी कश्मिरमा बाँध बनाउनु आपत्तिजनक' | Khabarhub Khabarhub

‘पाकिस्तानले बौद्ध धरोहर नास हुने गरी कश्मिरमा बाँध बनाउनु आपत्तिजनक’


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान नियन्त्रित कश्मिरमा प्राचीन बौद्ध कलाकृति, शिलालेख र ऐतिहासिक-सांस्कृतिक धरोहरहरु नष्ट गर्ने गरी दियामर-भाशा डैम बाँधको निर्माण हुन लागेकोमा नेपाल रिपब्लिक पार्टीले आपत्ति जनाएको छ ।

‘गिलगित-बल्तिस्तान क्षेत्रमा निर्माण हुने उक्त बाँधले सात हजार वर्ष अघिका पाँच हजार भन्दा बढी पुरातात्विक महत्वका शिलालेख र कलाकृतिहरू मात्र होइन, सांस्कृतिक-पुरातात्विक वैभवले सम्पन्न एउटा सिङ्गो गाउँ नै डुब्नेछ’ प्रेस विज्ञिप्तमा भनिएको छ ।

सो क्षेत्र विशेषतः प्राचीन बौद्ध धरोहर भए पनि उक्त सम्पदाले बौद्ध-हिन्दू धर्म-संस्कृतिका साथै मानवीय इतिहास र संस्कृतिकै संरक्षणका दृष्टिले महत्वपूर्ण रहेको छ ।

यस्तो अवस्थामा बौद्ध-हिन्दू धर्म-संस्कृतिको विरोधी पाकिस्तान र कम्युनिष्ट चीनको साठगाँठमा उक्त बाँधको निर्माण गरिनु आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल रिपब्लिक पार्टीले उक्त ठाउँमा उक्त बाँध निर्माण कार्य तत्काल रोक्न पाकिस्तान र चीन सरकार दुवैलाई आग्रह गरेको छ । बाँध निर्माण आवश्यक नै भएमा उक्त स्थान भन्दा तल वा माथि निर्माण गरिनुपर्ने जनाएको छ ।

ऐतिहासिक सम्पदालाई क्षतिग्रत र नष्ट नबनाउन उसले आग्रह गरेको छ।

रिपब्लिक पार्टीले यसबारे नेपाल सरकार, नेपालका बौद्ध-हिन्दू समुदाय र समग्र प्रजातान्त्रिक विश्वको ध्यानाकर्षण गराएको छ ।

धर्म, संस्कृति र मानवीय इतिहासप्रति आस्था राख्ने प्रत्येक देशका र प्रत्येक समुदायले उक्त स्थानमा सो बाँध निर्माणप्रति आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ ।

चीनको उक्साहटमा पाकिस्तानले उक्त विवादित स्थानमै बाँध निर्माण गर्यो भने यसको गम्भीर परिणाम उसले भोग्नुपर्ने समेत नेपाल रिपब्लिक पार्टीले चेतावनी दिएका छ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १ : ०१ बजे

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा