एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ? « Khabarhub

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली चलचित्र प्रदर्शनमा आए ,‘आचार्य’, ‘बाः एक योद्धा’ र ‘जदौ’। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्यांकअनुसार यीमध्ये ‘बाः एक योद्धा’ले कमाइमा अग्रता लिएको छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बाः एक योद्धा’ले १० दिनको अवधिमा एक करोड ९३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यो चलचित्रलाई सो अवधिमा ६५ हजार ५६० दर्शकले हेरेका छन्।

अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको ‘आचार्य’ ले पनि बक्स अफिसमा डेढ करोडको आँकडा पार गरेको छ। चलचित्रले १० दिनमा एक करोड ५६ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दा ५४ हजार १०६ दर्शक हलसम्म पुगेका छन्। फिल्ममा निखिल उप्रेतीसँगै पूर्णिका सिजापती, प्रमोद अग्रहरिलगायत कलाकारको अभिनय छ।

यता अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको ‘जदौ’ को व्यापार भने तुलनात्मक रूपमा कमजोर देखिएको छ। फिल्मले १३ लाख ९८ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने ३ हजार ८६७ दर्शकले फिल्म हेरेका छन्।

यसरी एउटै मितिमा प्रदर्शनमा आएका तीन फिल्ममध्ये हालसम्म ‘बाः एक योद्धा’ले दर्शक र कमाइ दुवैमा बाजी मारेको बोर्डको तथ्यांकले देखाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ४ : ५४ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली