खेलाडीको मनोवैज्ञानिक असरबारे सर्वेक्षण गर्दै पाटन अस्पताल | Khabarhub Khabarhub

खेलाडीको मनोवैज्ञानिक असरबारे सर्वेक्षण गर्दै पाटन अस्पताल


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सकहरुले राष्ट्रिय फुटबल टोलीका खेलाडीमा परेको मनोबैज्ञानिक असरबारे सर्भेक्षण सुरु गरेको छ ।

सोमबार पाटन अस्पतालमा कोरोना परिक्षणका लागि पुगेका खेलाडी तथा अफिसियलहरुलाई प्रश्नावली भर्न लगाइएको थियो ।

कोरोना भाइरसका कारण मैदानमा रहनुपर्ने खेलाडी लामो समय घरमा बस्दा मनोवैज्ञानिक असर गरेको भन्दै अस्पतालले त्यस्तो अवस्थामा उनीहरुले कसरी समाधान निकाले भन्ने मुख्य ध्यय रहेको डाक्टर गौरव भट्टराईले बताए ।

‘लामो समय घरमा बस्दा तनाव भएको अवस्था हो । त्यसैक्रममा खेलाडीलाई कस्तो तनाव भयो । तर, पनि उनीहरुले त्यसबाट माथि आउन के कस्ता उपाय अपनाए भन्ने खोज्न हामीले सर्वेक्षण गरेका हौं,’ डाक्टर भट्टराईले खबरहबसँग भने ।

डाक्टर भट्टराईका अनुसार अहिले सर्वे फुटबल खेलाडीको मात्रै गरिनेछ भने यदि यसको प्रभाव बढी देखियो वा यसलाई बढाउनुपर्ने आवश्यकता सर्वेका क्रममा पत्ता लागेको खण्डमा ठूलो स्केलमा जानसक्ने बताएका छन् ।

‘अहिले हामीले ठूलो सर्वे गर्न खोजेका होइनौं । तर, यसमा अझै सर्वे गर्नु पर्ने देखियो भने पछि गर्न सकिन्छ,’ डाक्टर भट्टराईले भने ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगतको संयुक्त छनोटको बाँकी खेलका लागि अभ्यास सुरु गर्न आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको कोरोना परिक्षण गराएको थियो ।

जसमा आज पहिलो चराणमा ११ जना खेलाडीसहित २५ जनाको कोरोना जाँच गराएको छ ।

बाँकी रहेका खेलाडी र अफिसियलहरुको मंगलबार कोरोना परिक्षण हुनेछ । मंगलबार कोरोना जाँच गरिने खेलाडीलाई पनि सर्वेक्षणमा सहभागी गराइनेछ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १० : ४६ बजे

आगलागीका घटनामा वृद्धि

काठमाडौं– सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको

हङकङ सिक्सेस खेल्ने नेपाली टिमको बिदाइ

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङ सुपर सिक्सेस खेल्ने

समयमै रासायनिक मल नल्याउँदा किसान समस्यामा

कञ्चनपुर– सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल

गुरु नानक जयन्ती मनाइँदै

काठमाडौं– सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न

रुसको पुनर्निर्माणका लागि उत्तर कोरियाले पठायो पाँच हजार सैनिक

सियोल – उत्तर कोरियाले ‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न रुसमा