खेलाडीको मनोवैज्ञानिक असरबारे सर्वेक्षण गर्दै पाटन अस्पताल « Khabarhub

खेलाडीको मनोवैज्ञानिक असरबारे सर्वेक्षण गर्दै पाटन अस्पताल


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सकहरुले राष्ट्रिय फुटबल टोलीका खेलाडीमा परेको मनोबैज्ञानिक असरबारे सर्भेक्षण सुरु गरेको छ ।

सोमबार पाटन अस्पतालमा कोरोना परिक्षणका लागि पुगेका खेलाडी तथा अफिसियलहरुलाई प्रश्नावली भर्न लगाइएको थियो ।

कोरोना भाइरसका कारण मैदानमा रहनुपर्ने खेलाडी लामो समय घरमा बस्दा मनोवैज्ञानिक असर गरेको भन्दै अस्पतालले त्यस्तो अवस्थामा उनीहरुले कसरी समाधान निकाले भन्ने मुख्य ध्यय रहेको डाक्टर गौरव भट्टराईले बताए ।

‘लामो समय घरमा बस्दा तनाव भएको अवस्था हो । त्यसैक्रममा खेलाडीलाई कस्तो तनाव भयो । तर, पनि उनीहरुले त्यसबाट माथि आउन के कस्ता उपाय अपनाए भन्ने खोज्न हामीले सर्वेक्षण गरेका हौं,’ डाक्टर भट्टराईले खबरहबसँग भने ।

डाक्टर भट्टराईका अनुसार अहिले सर्वे फुटबल खेलाडीको मात्रै गरिनेछ भने यदि यसको प्रभाव बढी देखियो वा यसलाई बढाउनुपर्ने आवश्यकता सर्वेका क्रममा पत्ता लागेको खण्डमा ठूलो स्केलमा जानसक्ने बताएका छन् ।

‘अहिले हामीले ठूलो सर्वे गर्न खोजेका होइनौं । तर, यसमा अझै सर्वे गर्नु पर्ने देखियो भने पछि गर्न सकिन्छ,’ डाक्टर भट्टराईले भने ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगतको संयुक्त छनोटको बाँकी खेलका लागि अभ्यास सुरु गर्न आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको कोरोना परिक्षण गराएको थियो ।

जसमा आज पहिलो चराणमा ११ जना खेलाडीसहित २५ जनाको कोरोना जाँच गराएको छ ।

बाँकी रहेका खेलाडी र अफिसियलहरुको मंगलबार कोरोना परिक्षण हुनेछ । मंगलबार कोरोना जाँच गरिने खेलाडीलाई पनि सर्वेक्षणमा सहभागी गराइनेछ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १० : ४६ बजे

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक