नयाँ स्कोडा र्‍यापिड टीएसआई नेपालमा सार्वजनिक, मूल्य ३४ लाख ९० हजार रुपैयाँ « Khabarhub

नयाँ स्कोडा र्‍यापिड टीएसआई नेपालमा सार्वजनिक, मूल्य ३४ लाख ९० हजार रुपैयाँ


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले थप ‘पावर, कम्फर्ट र भ्यालु-फर-मनी’सहितको नयाँ र्यापिड टीएसआई सार्वजनिक गरेको छ ।

नयाँ स्कोडा र्यापिड अघिल्लो पुस्ताको र्यापिडभन्दा पाँच लाख रुपैयाँ कम अर्थात ३४ लाख ९० हजार रुपैयाँमा सार्वजनिक भएको हो ।

नयाँ स्कोडा र्यापिडलाई नयाँ असाधारण टीएसआई इन्जिनले पावर दिन्छ जुन पहिला स्कोडा सुपर्ब र स्कोडा अक्टाभिया जस्तो प्रिमियम मोडेलमा प्रयोग गरिन्थ्यो । नयाँ पेट्रोल टीएसआईले ११० पीएस (८१ किलोवाट) पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ र यी दुवै ‘वेस्ट-इन-क्लास’ हुन् ।

नयाँ र्यापिड टीएसआई १.० को ‘फ्युल इफिसेन्सी’ पनि उदाहरणीय छ जुन १८.९७ किलोमिटर प्रति लिटर हो । अघिल्लो पुस्ताको र्यापिड १.६ एमपीआई को तुलनामा नयाँ टीएसआई इन्जिनले ५ प्रतिशत बढी पावर र १४ प्रतिशत बढी टर्क उत्पन्न गर्छ । त्यसैगरी, नयाँ र्यापिडको ‘फ्युल इफिसेन्सी’ पनि अघिल्लो र्यापिडको तुलनामा २३ प्रतिशत बढी रहेको छ । नयाँ र्यापिडको पावर, कम्फर्ट र भ्यालु फर मनी पहिलेको भन्दा धेरै परिष्कृत छ ।

स्कोडामा कम्फर्टलाई प्राथमिकतामा राखिन्छ जसकारण नयाँ स्कोडा र्यापिडमा ४६० लिटर बराबरको ‘बेस्ट-इन-क्लास’ बुट स्पेस र ५५ लिटरको फ्युल ट्यांक रहेको छ । साथै, नयाँ र्यापिडका सबै भेरियन्टमा ‘रियर एसी भेन्ट’, ‘अटोमेटिक क्लाइमाट्रोनिक एसी’, ‘टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ’ उपलब्ध छ । स्कोडाले पेसेन्जरको सुरक्षामा कुनै सम्झौता गर्दैन ।

त्यसैले, नयाँ र्यापिडमा पनि ‘पार्कट्रोनिक रियर पार्किङ सेन्सर’, ‘एन्टी-ग्लेर इन्टेरियर रियर भ्यु मिरर’, ‘रफ रोड प्याकेज’, ‘फ्युल सप्लाई कट-अफ’ र ‘फ्लाटिङ कोड सिस्टम’सहितको ‘इन्जिन इमोबिलाइजर’ जस्ता सुरक्षा फिचर राखिएका छन् ।

‘नयाँ स्कोडा र्यापिडबाट हामीले धेरै अपेक्षा गरेका छौं किनभने यो अद्वितीय ‘पर्फमेन्स’ र असाधारण ‘भ्यालु फर मनी’को गज्जबको प्याकेज हो,’ एमएडब्लु स्कोडाका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘लकडाउन सकिएको अवस्थामा नयाँ र्यापिडलाई हेर्न र अनुभव गर्न हाम्रो सोरुममा आउने ग्राहकको संख्या एकदम बढिरहेको छ । हामीलाई विश्वास छ, नयाँ र्यापिडको टेस्ट ड्राइभ गर्ने हरेक ग्राहकको मन पक्कै जित्नेछ ।’

ग्राहकको ‘पिस अफ माइन्ड’ र ‘वनरशिप कस्ट’ कम गर्न एमएडब्लुले नयाँ स्कोडा र्यापिड टीएसआई १.० मा चार वर्षे सर्भिस प्याकेजको व्यवस्था गरेको छ । ग्राहकले नयाँ र्यापिड किनेको चार वर्षसम्म मर्मतमा पैसा खर्च गर्नु पर्दैन । यसका साथै, चार वर्ष वा एक लाख किलोमिटर वारेन्टीको व्यवस्था समेत गरेको छ ।

यस्तो छ मूल्यसूची

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : ४२ बजे

एमाले सांसदहरूलाई अध्यक्ष ओ‌लीले च्यासलमा बोलाए

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका २५

बेलारुसी राष्ट्रपति लुकाशेन्को उत्तर कोरियामा

प्योङयाङ- पश्चिमी प्रतिबन्ध र भू–राजनीतिक दबाबबीच उत्तर कोरिया र बेलारुसले

बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु

ढाका- बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु भएको

अपांगता भएका व्यक्तिलाई एनएमबि बैंकको सहायता सामाग्री

काठमाडौं– एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा

नवनिर्वाचित सांसदहरूको शपथ सुरू (लाइभ)

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम