कुवेतमा अबैध मदिरा कारोबार गर्ने ८ नेपाली पक्राउ « Khabarhub

कुवेतमा अबैध मदिरा कारोबार गर्ने ८ नेपाली पक्राउ



दोहा- कुवेतको महाबुल्लामा अबैध घरेलु मदिरा उत्पादन गरेर बेच्ने ८ नेपाली पक्रउ परेका छन् ।

कुवेतका सुरक्षा महानिर्देशक मेजर जनरल सालेह मतार र उनका सहायक जनरल वालिद अल शेहबको नेतृत्वमा अहमदी सुरक्षाकर्मीहरुले महाबुल्लाको तीन वटा अपार्टमेन्टमा छापा मार्दा ८ नेपाली पक्राउ परेका हुन् ।

सो क्रममा ठूलो परिमाणमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका मदिराका बोतलहरु तथा मदिरा उत्पादन गर्ने उपकरणसमेत बरामद गरिएको कुवेत प्रहरीले जनाएको छ ।

बरामद गरिएको मदिरा नगरपालिकाको समन्वयमा नस्ट गरिदै आएको छ ।

दुई दिनअघि मात्र जाबृया भन्ने ठाउँबाट मदिरा उत्पादन केन्द्र सन्चालन गर्ने दुई महिलासहित चार जनालाई कुवेत प्रहरीले नियन्त्रणमा लिएको थियो । कुवेतमा मदिरा बिक्री वितरण अबैधानिक मानिन्छ ।

 

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ७ : ०४ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा