साउदीमा अलपत्र नेपाली श्रमिकहरूको सहज स्वदेश फिर्तीको व्यवस्था गर्न एनआरएनएको माग « Khabarhub

साउदीमा अलपत्र नेपाली श्रमिकहरूको सहज स्वदेश फिर्तीको व्यवस्था गर्न एनआरएनएको माग



दोहा- साउदी अरबमा अलपत्र परेका नेपाली श्रमिकहरुको सहजरूपमा स्वदेश फिर्तीको व्यवस्था गर्न एनआरएनए नेपाली दूतावासलाई आग्रह गरेको छ ।

श्रमिकले चाहेर पनि विभिन्न कारणले नेपाल फर्कन नपाएका हजारौँ नेपालीहरूले सास्ती भोग्नु परेको भन्दै एनआरएनए साउदीले नेपाली दूतावासलाई ज्ञापनपत्र बुझाएको छ ।

स्वदेश फर्कने यात्रुहरुको सहज रुपमा हवाई टिकट उपलब्ध हुन नसक्दा रोजगारी गुमाएका नेपाली श्रमिकहरु थप पीडामा रहेको भन्दै तत्काल स्वदेश फिर्तीका लागि सहजीकरण गर्न दूतावासालाई आग्रह गरिएको एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालले जानकारी दिए ।

दैनिक उडान हुन् नसक्दा साउदीमा नेपाली श्रमिक अलपत्र पर्ने क्रम बढकाले उडान संख्या थप्न प्रबन्ध गर्न आग्रह गरिएको उनले जानकारी दिए ।

साउदीको रियादस्थित साउदी मेनपावर सेर्विसेस कम्पनी (समास्को) मा केही दिनअघि स्वदेश नफर्काएको भन्दै नेपाली श्रमिकहरुले नेपाल सरकार तथा नेपाली दूतावासविरुद्ध नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ८ : ४२ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको