हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’ « Khabarhub

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) श्रमदानमार्फत पुल निर्माण गर्न दार्चुला हिँडेका छन् । सोमबार सामाजिक सञ्जालमा उनले आफू दार्चुलातर्फ लागेको र नागरिकलाई श्रमदानका लागि जुट्न आह्वान गरेका हुन् ।

धरान उपमहानगरपालिकाको पूर्वमेयर हुँदादेखि नै श्रम संस्कृतिको अभियान चलाउँदै आएका राईले राष्ट्रिय राजनीतिमा प्रवेश गरेपछि पनि भौतिक पूर्वाधार निर्माणमा जनसहभागिताको एजेन्डालाई प्राथमिकता दिएका छन् ।

“म त लागें है दार्चुला ! आउनु है श्रमदान गरेर पुल बनाउन,” राईले भनेका छन्, “विदेशी ऋण–सिन लिइँदैन आफू त । म त लागें ।”

सांसद राईले विकास निर्माणका लागि वैदेशिक ऋणमा भर पर्नुभन्दा स्वदेशी पसिना र जनशक्तिको परिचालन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ६ : ५१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको