यस्ता साथीहरुको संगत नगर्नु नै उत्तम « Khabarhub

यस्ता साथीहरुको संगत नगर्नु नै उत्तम


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बालबालिकाहरुका लागि पहिलो पाठशाला उसका बाबुआमा हुन् । बालक जब हुर्किदै जान्छ तब साथी संगतको प्रभाव उसमा पर्छ ।

असल साथी छ भने उसको भविष्य उज्वल नै बन्छ, खराब छ भने अन्धकार । यो सबैले बुझेकै कुरा हो ।

जीवनमा साथीसंगतको धेरै महत्त्व धेरै रहन्छ। बुवा-आमा र ज्येष्ठ नागरिकबाट पाएको अनुभवको ज्ञान जत्तिकै साथीबाट पनि पाइन्छ।

सच्चा साथी हाम्रो प्रगतिबाट खुशी हुन्छन्, सही बाटो देखाउँछन्, सुखदुःखमा साथ दिन्छन् र कठिन परिस्थितिमा साथ दिन्छन् । सही सल्लाह दिने साथी नै महान् हुन् ।

संगतले जीवनमा ठूलो प्रभाव पार्छ। खराब साथीसँग संगत बन्यो भने हामी सफलताबाट टाढा पुग्छौं। आफ्नो बहुमूल्य समय यत्तिकै खेर गइरहेको हुन्छ। कस्ता साथीको संगत गर्ने यहाँ केही बताइएको छ ।

जतिखेर पनि आलोचना गर्ने साथीको काम छैन । आफूले कडा मेहनत गरेर राम्रो गन्तव्य हासिल गरेपनि त्यसको प्रशंसा नगरेर ईर्ष्या वश आलोचना गर्ने साथीलाई कसरी राम्रो भन्न सकिएला र ?

कोही साथी चाहिँ जसरी भएपनि आफ्नो कुरा मान्नुपर्ने सोच पाल्छन् । यस्ता साथीले कहिले पनि तपाईंको भलो चाहँदैनन् । यिनीहरूबाट टाढै बस्नु ठीक ।

स्वार्थपूर्ति गर्नका लागि मात्र साथी बनाउने बाट पनि टाढै बसेको जाती। आफूलाई काम पर्दा मात्र सम्पर्कमा आउने यस्ता साथीसँग बस्नु भनेको समयको बर्बादी मात्र हो ।

नकारात्मक सोच भएका साथी परे भने आफ्नो दृष्टि पनि नकारात्मक हुन पुग्छ । यसले हामीलाई सफलतातर्फ जान दिँदैन । यस्ता साथीलाई बाईबाई गरेको ठीक ।

कुनै कुनै साथी चाहिँ हो मा हो मिलाउने खालका मात्र हुन्छन् । तपाईंले कुनै कुरा राख्दा सोचविचार नगरिकनै हो भनिदिने साथीले तपाईंलाई चाहिने बेलामा मद्दत गर्न सक्दैनन् ।

तपाईंलाई अप्ठ्यारो परेको बेलामा साथ छोडिदिने साथी पनि काम छैन । यस्ता साथी एकदमै खतरनाक हुन्छन् र यिनीहरूसँग समय बिताउनु व्यर्थ हुन्छ । कुनै बहानामा यस्ता साथीको परीक्षण गर्नु उचित हुन्छ । -एजेन्सी

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ८ : ०१ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र