यस्ता साथीहरुको संगत नगर्नु नै उत्तम « Khabarhub

यस्ता साथीहरुको संगत नगर्नु नै उत्तम


२५ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बालबालिकाहरुका लागि पहिलो पाठशाला उसका बाबुआमा हुन् । बालक जब हुर्किदै जान्छ तब साथी संगतको प्रभाव उसमा पर्छ ।

असल साथी छ भने उसको भविष्य उज्वल नै बन्छ, खराब छ भने अन्धकार । यो सबैले बुझेकै कुरा हो ।

जीवनमा साथीसंगतको धेरै महत्त्व धेरै रहन्छ। बुवा-आमा र ज्येष्ठ नागरिकबाट पाएको अनुभवको ज्ञान जत्तिकै साथीबाट पनि पाइन्छ।

सच्चा साथी हाम्रो प्रगतिबाट खुशी हुन्छन्, सही बाटो देखाउँछन्, सुखदुःखमा साथ दिन्छन् र कठिन परिस्थितिमा साथ दिन्छन् । सही सल्लाह दिने साथी नै महान् हुन् ।

संगतले जीवनमा ठूलो प्रभाव पार्छ। खराब साथीसँग संगत बन्यो भने हामी सफलताबाट टाढा पुग्छौं। आफ्नो बहुमूल्य समय यत्तिकै खेर गइरहेको हुन्छ। कस्ता साथीको संगत गर्ने यहाँ केही बताइएको छ ।

जतिखेर पनि आलोचना गर्ने साथीको काम छैन । आफूले कडा मेहनत गरेर राम्रो गन्तव्य हासिल गरेपनि त्यसको प्रशंसा नगरेर ईर्ष्या वश आलोचना गर्ने साथीलाई कसरी राम्रो भन्न सकिएला र ?

कोही साथी चाहिँ जसरी भएपनि आफ्नो कुरा मान्नुपर्ने सोच पाल्छन् । यस्ता साथीले कहिले पनि तपाईंको भलो चाहँदैनन् । यिनीहरूबाट टाढै बस्नु ठीक ।

स्वार्थपूर्ति गर्नका लागि मात्र साथी बनाउने बाट पनि टाढै बसेको जाती। आफूलाई काम पर्दा मात्र सम्पर्कमा आउने यस्ता साथीसँग बस्नु भनेको समयको बर्बादी मात्र हो ।

नकारात्मक सोच भएका साथी परे भने आफ्नो दृष्टि पनि नकारात्मक हुन पुग्छ । यसले हामीलाई सफलतातर्फ जान दिँदैन । यस्ता साथीलाई बाईबाई गरेको ठीक ।

कुनै कुनै साथी चाहिँ हो मा हो मिलाउने खालका मात्र हुन्छन् । तपाईंले कुनै कुरा राख्दा सोचविचार नगरिकनै हो भनिदिने साथीले तपाईंलाई चाहिने बेलामा मद्दत गर्न सक्दैनन् ।

तपाईंलाई अप्ठ्यारो परेको बेलामा साथ छोडिदिने साथी पनि काम छैन । यस्ता साथी एकदमै खतरनाक हुन्छन् र यिनीहरूसँग समय बिताउनु व्यर्थ हुन्छ । कुनै बहानामा यस्ता साथीको परीक्षण गर्नु उचित हुन्छ । -एजेन्सी

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ८ : ०१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल