दरिद्रता भगाउन भगवान श्रीकृष्णले युधिष्ठिरलाई दिएका थिए यस्तो सुझाव   « Khabarhub

दरिद्रता भगाउन भगवान श्रीकृष्णले युधिष्ठिरलाई दिएका थिए यस्तो सुझाव  


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भगवान् श्रीकृष्णले केही यस्ता वस्तुको वर्णन गर्नुभएको छ जसलाई घरमा राखेर सामान्य मनुष्यले दरिद्रता भगाउन सक्छ ।

सनातन धर्मका पौराणिक दस्तावेज र शास्त्रहरूमा मनुष्य जीवनका हरेक ठूलासाना समस्याका समाधान बताइएका छन् ।

महाभारतका अनुसार एक पटक जेठा पाण्डव युधिष्ठिरले श्रीकृष्णलाई सोधेका थिए, ‘घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि के गर्नुपर्छ ?’

युधिष्ठिरको यस प्रश्नको जवाफमा श्रीकृष्णले केही वस्तुहरू घरमा भएमा दरिद्रता नआउने बताएका थिए ।

उहाँका अनुसार प्रतिदिन घरमा गाईको घिउले बालेको दियो दान गर्दा अनि घिउबाट भोगप्रसाद चढाउँदा देवीदेवताको कृपा बर्सन्छ । यस्तो गर्दा घरहरूमा दरिद्रताको वास हुँदैन ।

घर आएका पाहुनालाई पानी पिउन दिँदा अशुभ ग्रह टर्छन् । त्यसैले कोही घरमा आउनेबित्तिकै पहिला पानी दिनुपर्छ ।

महलाई पवित्र खाद्यान्न मानिएको छ । यसले घरबाट नकारात्मक ऊर्जा हटाउँछ ।

घरलाई जहिले पनि सफा राख्दा खर्चमा कमी आउँछ र धनधान्य बढ्छ ।

सौर्यमण्डलका ग्रहहरूले मनुष्यको जीवनलाई धेरै प्रभावित पार्छन् । प्रत्येक दिन व्यक्तिले ग्रहको हिसाब अनुसार निधारमा चन्दन लगाउँदा शुभ फल प्राप्त हुन्छ ।

चन्दन निधारमा लगाउँदा शीतलता प्राप्त हुन्छ र पापहरूको नाश पनि हुन्छ । घरमा चन्दन राख्दा त्यसको सुगन्धले नकारात्मक ऊर्जा पनि नष्ट हुन्छ ।

ज्ञान, बुद्धि र संगीतकी देवी सरस्वतीको हातमा वीणा अवश्य हुन्छ । पुराणहरूका अनुसार देवी सरस्वतीलाई कमलको फूलमा बसेको अनि हातमा वीणा समातेको देखिन्छ ।

कमल हिलोमा फुल्छ तर उसलाई हिलोले छुँदैन । उनको चित्र घरमा राख्दा पनि फल पाइन्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ८ : ०१ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न