यस्ता व्यक्तिले भुलेर पनि नखानुस् भटमास, हुनसक्छ नसोचेको असर « Khabarhub

यस्ता व्यक्तिले भुलेर पनि नखानुस् भटमास, हुनसक्छ नसोचेको असर


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बढ्दो व्यस्तताका कारण आजभोलि हामीले खानेकुरामा खासै ख्याल दिएका हुँदैनौं । कतिपय खानेकुरा हाम्रा लागि अमृत बराबर हुन्छन् भने कतिले हामीलाई असर गरिरहेका हुन्छन् ।

कति व्यक्तिले त आफूलाई मन परेको खान जस्तो अवस्थामा पनि छोड्दैनन् । चाहे बिरामी भएका बेलामा किन नहोस् ।

त्यसो त भटमास स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसलाई प्रोटिनको स्रोत पनि मानिन्छ । भटमासमा पाइने भीटामिन ए ले स्वास्थ्यलाई फाइदा गर्छ । शरीरलाई फिट राख्न पनि भटमास उत्तिकै लाभदायक हुन्छ ।

किनकि, भटमासले एमिनो एसिड उत्पादन गर्छ ।

शारीरिक व्यायाम गर्ने या स्वास्थ्यलाई तत्व चाहिने व्यक्तिलाई यो निकै लाभदायक हुन्छ । तर, कतिपय अवस्थामा भने भटमास सेवन गर्नु हानीकारक हुन्छ ।

केही समयअघि सार्वजनिक गरिएको एक शोधका अनुसार केही रोगका बिरामीले भटमास खानु विष खानु बराबर हो ।

भटमास हुने ट्रान्स फ्याटले कोलेस्ट्रोल र मुटुको रोग निम्त्याउने सम्भावना हुने विशेषज्ञहरुले बताएका छन् । मुटुका रोगीले भटमास सेवन गर्नु हानीकारक हुन्छ ।

सुत्केरीले भटमास खाँदा समस्या

सुत्केरी महिला र स्तन पान गराइरहेकी महिलाले पनि भटमास खानु हानीकारक हुने देखिएको छ । भटमासमा हुने एमिनो एसिडले गर्भवर्ती महिलालाई रिंगटा लाग्ने, चक्कर आउने जस्ता समस्या देखिन्छन् ।

त्यतिमात्र होइन, आमाले स्तनपान गराउँदा भटमास खाएमा त्यसले बच्चामा अपच हुने समस्या हुन्छ ।

छालाको समस्या

यस्तै छालासम्बन्धी कुनै रोग छ या तपाईंको छाला चिलाउने समस्या छ भने भटमासको सेवन नगर्नु राम्रो हुन्छ ।

क्यान्सर

यदि कसैलाई मुत्राशयको क्यान्सर छ भने उनीहरूले भटमास नखानु धेरै राम्रो हुन्छ । यदि अघिल्लो पुस्तालाई क्यान्सर थियो भने पनि पछिल्लो पुस्ताले नै भटमास नखानु राम्रो हुन्छ ।

मिर्गौलाका रोगी

भटमासमा पाइने फीटोएस्ट्रोजन नामक एक केमिकल सामान्य व्यक्तिलाई त्यति असर गर्दैन तर मिर्गौलासम्बन्धी रोगबाट पीडितका लागि भने यो विषजस्तै हुन्छ । त्यसैले भुलेर पनि भटमास नखानुस् ।

मधुमेह

चिनी रोग (मधुमेह) का बिरामीले पनि भटमास सेवन गर्नुहुँदैन । भटमासको सेवनबाट रगतमा चिनीको मात्रा बढ्न जान्छ । र, स्वास्थ्यमा थप समस्या आउँछ ।

 

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  २ : १७ बजे

कालीकोटमा बजेट सार्वजनिक

मान्म– जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन