यस्ता व्यक्तिले भुलेर पनि नखानुस् भटमास, हुनसक्छ नसोचेको असर | Khabarhub Khabarhub

यस्ता व्यक्तिले भुलेर पनि नखानुस् भटमास, हुनसक्छ नसोचेको असर


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बढ्दो व्यस्तताका कारण आजभोलि हामीले खानेकुरामा खासै ख्याल दिएका हुँदैनौं । कतिपय खानेकुरा हाम्रा लागि अमृत बराबर हुन्छन् भने कतिले हामीलाई असर गरिरहेका हुन्छन् ।

कति व्यक्तिले त आफूलाई मन परेको खान जस्तो अवस्थामा पनि छोड्दैनन् । चाहे बिरामी भएका बेलामा किन नहोस् ।

त्यसो त भटमास स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसलाई प्रोटिनको स्रोत पनि मानिन्छ । भटमासमा पाइने भीटामिन ए ले स्वास्थ्यलाई फाइदा गर्छ । शरीरलाई फिट राख्न पनि भटमास उत्तिकै लाभदायक हुन्छ ।

किनकि, भटमासले एमिनो एसिड उत्पादन गर्छ ।

शारीरिक व्यायाम गर्ने या स्वास्थ्यलाई तत्व चाहिने व्यक्तिलाई यो निकै लाभदायक हुन्छ । तर, कतिपय अवस्थामा भने भटमास सेवन गर्नु हानीकारक हुन्छ ।

केही समयअघि सार्वजनिक गरिएको एक शोधका अनुसार केही रोगका बिरामीले भटमास खानु विष खानु बराबर हो ।

भटमास हुने ट्रान्स फ्याटले कोलेस्ट्रोल र मुटुको रोग निम्त्याउने सम्भावना हुने विशेषज्ञहरुले बताएका छन् । मुटुका रोगीले भटमास सेवन गर्नु हानीकारक हुन्छ ।

सुत्केरीले भटमास खाँदा समस्या

सुत्केरी महिला र स्तन पान गराइरहेकी महिलाले पनि भटमास खानु हानीकारक हुने देखिएको छ । भटमासमा हुने एमिनो एसिडले गर्भवर्ती महिलालाई रिंगटा लाग्ने, चक्कर आउने जस्ता समस्या देखिन्छन् ।

त्यतिमात्र होइन, आमाले स्तनपान गराउँदा भटमास खाएमा त्यसले बच्चामा अपच हुने समस्या हुन्छ ।

छालाको समस्या

यस्तै छालासम्बन्धी कुनै रोग छ या तपाईंको छाला चिलाउने समस्या छ भने भटमासको सेवन नगर्नु राम्रो हुन्छ ।

क्यान्सर

यदि कसैलाई मुत्राशयको क्यान्सर छ भने उनीहरूले भटमास नखानु धेरै राम्रो हुन्छ । यदि अघिल्लो पुस्तालाई क्यान्सर थियो भने पनि पछिल्लो पुस्ताले नै भटमास नखानु राम्रो हुन्छ ।

मिर्गौलाका रोगी

भटमासमा पाइने फीटोएस्ट्रोजन नामक एक केमिकल सामान्य व्यक्तिलाई त्यति असर गर्दैन तर मिर्गौलासम्बन्धी रोगबाट पीडितका लागि भने यो विषजस्तै हुन्छ । त्यसैले भुलेर पनि भटमास नखानुस् ।

मधुमेह

चिनी रोग (मधुमेह) का बिरामीले पनि भटमास सेवन गर्नुहुँदैन । भटमासको सेवनबाट रगतमा चिनीको मात्रा बढ्न जान्छ । र, स्वास्थ्यमा थप समस्या आउँछ ।

 

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  २ : १७ बजे

इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि चेल्सीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।

बाँकेमा लागूऔषध दुर्व्यसनीविरुद्ध अभियान

नेपालगञ्ज– जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत

दस महिनामा झण्डै दुई लाख पर्यटकबाट अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी– पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक

आज सीता जयन्ती मनाइँदै

काठमाडौं– आज सीता जयन्ती पर्व मनाइँदै छ । प्रत्येक वर्ष

नीति कार्यक्रम त पढियो, अब बजेट कसरी ?

काठमाडौं – संसदमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको