हालसम्म ३५,७०० ले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ? (सूचीसहित) « Khabarhub

हालसम्म ३५,७०० ले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ? (सूचीसहित)


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ ।

बितेको २४ घण्टामा थप १ हजार ८ सय १८ जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

कुल संक्रमित मध्ये ७१ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ३२१८ जना

प्रदेश २ मा १०१५२ जना

वाग्मती प्रदेश ६००७ जना

गण्डकी प्रदेशमा २०७७ जना

प्रदेश ५ मा ६१३३जना

कर्णाली प्रदेशमा २४२४ जना

सुदूरपश्चिम प्रदेशमा ५६८९ जना

यस्तो छ मन्त्रालयको तथ्यांक

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३५ हजार ७०० पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१२ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ५ : १७ बजे

डा. मिनेन्द्र रिजाललाई प्रश्न- कांग्रेस एक बनाउने सूत्र के हो ?

विशेष महाधिवेशनपश्चात् दुई धारमा देखिएको कांग्रेस झण्डै महिना बितिसक्दा पनि

तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त

राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा

नेपालगन्ज– बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु,