काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुले सवारी पास लिन के गर्ने ? (सूचनासहित) | Khabarhub Khabarhub

काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुले सवारी पास लिन के गर्ने ? (सूचनासहित)


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यका बाहिर जाने सवारी सहजीकरणका लागि  सम्बन्धित जिल्लाको सिफारिस अनिवार्य गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले एक सूचना जारी गर्दै सवारी सहजीकरणका सम्बन्धमा सिफारिस अनिवार्य गरिएको जानकारी दिएका हुन् ।

जिल्ला प्रशासनद्वारा जारी सूचनामा भनिएको छ-‘सवारी सहजीकरणको लागि तोकिएको निविदेश, अत्यावश्यक कामको प्रयोजन स्पष्ट खुल्ने कागजात साथै जाने गन्तव्य जिल्ला प्रशासन कार्यलयको अनुमति पत्र तथा सम्बनिधत गन्तव्य स्थानको स्थानीय तहको सिफारिस अनिवार्य पेश गरी सम्बन्धिति व्यक्ति स्वयम् उपस्थत हुनुपर्ने छ ।’

जिल्ला प्रशासन कार्यालयले तोकिएका अत्यावश्यक कार्य बाहेकमा काठमाडौं जिल्ला बाहिर आवज-जावत गर्न सवारी सहजीकरण जारी नगरिने जनाएको छ।

यसअघि काठमाडौं जिल्लामा जारी गरिएको निषेध आदेशको अवधिमा उपत्यका बाहिर जाने अत्यावश्यक कामहरु जस्तै दाहसंस्कार, कर्मचारी सरुवा भई जानुपर्ने लगायतका सवारी साधनलाई सवारी सहजीकरण गरिँदै आएको थियो ।

जिल्ला प्रशासनद्वारा जारी सूचना

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ६ : ५२ बजे

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर