काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुले सवारी पास लिन के गर्ने ? (सूचनासहित) « Khabarhub

काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुले सवारी पास लिन के गर्ने ? (सूचनासहित)


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यका बाहिर जाने सवारी सहजीकरणका लागि  सम्बन्धित जिल्लाको सिफारिस अनिवार्य गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले एक सूचना जारी गर्दै सवारी सहजीकरणका सम्बन्धमा सिफारिस अनिवार्य गरिएको जानकारी दिएका हुन् ।

जिल्ला प्रशासनद्वारा जारी सूचनामा भनिएको छ-‘सवारी सहजीकरणको लागि तोकिएको निविदेश, अत्यावश्यक कामको प्रयोजन स्पष्ट खुल्ने कागजात साथै जाने गन्तव्य जिल्ला प्रशासन कार्यलयको अनुमति पत्र तथा सम्बनिधत गन्तव्य स्थानको स्थानीय तहको सिफारिस अनिवार्य पेश गरी सम्बन्धिति व्यक्ति स्वयम् उपस्थत हुनुपर्ने छ ।’

जिल्ला प्रशासन कार्यालयले तोकिएका अत्यावश्यक कार्य बाहेकमा काठमाडौं जिल्ला बाहिर आवज-जावत गर्न सवारी सहजीकरण जारी नगरिने जनाएको छ।

यसअघि काठमाडौं जिल्लामा जारी गरिएको निषेध आदेशको अवधिमा उपत्यका बाहिर जाने अत्यावश्यक कामहरु जस्तै दाहसंस्कार, कर्मचारी सरुवा भई जानुपर्ने लगायतका सवारी साधनलाई सवारी सहजीकरण गरिँदै आएको थियो ।

जिल्ला प्रशासनद्वारा जारी सूचना

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ६ : ५२ बजे

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे