अमेरिकामा फेरि बढ्न थाल्यो संक्रमण « Khabarhub

अमेरिकामा फेरि बढ्न थाल्यो संक्रमण


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई महिनादेखि कोरोना संक्रमण दर कम हुँदै गएको अमेरिकामा संक्रमित संख्या फेरि बढ्न थालेको छ ।

अगस्ट १४ पछि शुक्रबार सर्वाधिक संक्रमण देखिएको अमेरिकामा शनिबार संक्रमित संख्या झन् बढेको छ ।

पछिल्लो २४ घण्टामा ५९ हजार ९७१ जनामा संक्रमण देखिएको अमेरिकामा संक्रमित संख्या ७८ लाख ९३ हजार ८९१ पुगेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार संक्रमितमध्ये अहिलेसम्म ५० लाख ५९ हजार ४९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २६ लाख १६ हजार २०० जनामध्ये १४ हजार ६६७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९०४ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १८ हजार ६४२ पुगेको छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ६ : ३६ बजे

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै