रूपन्देहीका दुईसहित थप ६ कोरोना संक्रमितको मृत्यु « Khabarhub

रूपन्देहीका दुईसहित थप ६ कोरोना संक्रमितको मृत्यु


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रूपन्देहीका दुईसहित थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

रूपन्देहीका दुई, बाँके, दाङ, चितवन र ललितपुरमा एक/एक जनाको मृत्यु भएको हो ।

बुटवल–१० का ७९ वर्षीय पुरुषको शनिबार बिहान ७:१५ बजे मृत्यु भएको अस्पतालका कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

रुपन्देहीकै शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा शुक्रबार दिउँसो मृत्यु भएको छ ।

असोज १९ गते कोरोना पुष्टि भएपछि उनको कोरोना विशेष अस्पतालमा उपचार थालिएकोमा शुक्रबार दिउँसो मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका-९ पिपराका ३८ वर्षीय पुरूषको पनि शुक्रबार राति ११ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यही असोज १३ गते कोहलपुर मेडिकल कलेजमा भर्ना भएका संक्रमित ती पुरूषलाई भेन्टिलेटरको आवश्यकता परेपछि शुक्रबार राति १० भेरी अस्पतालमा रिफर गरिएको थियो ।

भेरी अस्पताल पुर्‍याइएको १ घण्टाभित्रै उनको मृत्यु भएको श्रेष्ठले बताए ।

यस्तै दाङको घोराही उपमहानगरपालिका- ३ का १५ वर्षीय किशोरको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजेतिर मृत्यु भएको उनले जानकारी दिए ।

योसहित बाँकेमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

होम आइसोलेसनमा रहेका चितवनका एक वृद्धको पनि मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो ।

क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

ललितपुरमा पनि एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

ललितपुरकै गोदावरी-९, छम्पीका ४६ वर्षीय पुरूषको मेडिसिटी अस्पतालमा शुक्रबार राति ८ बजे मृत्यु भएको हो ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ११ : १२ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न