युवालाई स्वरोजगार बनाई विदेश जान रोक्नुपर्छ : मन्त्री ज्ञवाली | Khabarhub Khabarhub

युवालाई स्वरोजगार बनाई विदेश जान रोक्नुपर्छ : मन्त्री ज्ञवाली


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नुवाकोटका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिए ।

रसुवामा निर्माणाधीन विभिन्न विकास योजना तथा चीनसँगको रसुवागढीको अवलोकन गरेर फर्कने क्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा शुक्रबार आयोजित अन्तक्रियामा मन्त्री ज्ञवालीले सिंहदरबारको अधिकार गाउँगाँउमा पुर्‍याइसकेकाले त्यसको कार्यान्वयन जिल्लामा रहेका कार्यालयको काँधमा रहेको बताए ।

“आर्थिक प्रलोभनमा नपरी सुशासन र पारदर्शीरूपमा सेवा पुर्‍याउन लाग्नुपर्छ”, उनले भने, “जनतालाई सहज सेवा दिन कार्यालयमा नियमित उपस्थित, नरम व्यवहारदेखि अतिरिक्त समय समेत कार्यालयलाई दिएर राज्यको सेवा सरल बनाउनुहोस्।”

विकास निर्माणका योजना समयमै पूरा गर्नसके देशमा समृद्धि आउने उनको विश्वास छ । विकास निर्माणलगायतका कामसहित सेवा प्रवाहमा राजनीतिक दलसहितका सरोकारवाला निकायसँग सहकार्य गर्नुपर्ने सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीको सुझाव छ ।

“देशको शिक्षित युवा अध्ययन र बलिया युवा रोजगारको नाममा विदेश जान बाध्य भइरहेका छन्, त्यसलाई रोक्न सक्ने योजना बनाउनुपर्छ”, उनले भने, “तीन तहका सरकारले स्वरोजगारमुखी कार्यक्रममार्फत कृषि, पशुपक्षीपालनलगायतका क्षेत्रमा आकर्षित गराउने कार्यक्रम चलाउनुहोस् ।”

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ३ : २८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको