रोटरी क्लब अफ न्यूरोड सिटीले पाटन अस्पताललाई दियो स्वास्थ्य उपकरण « Khabarhub

रोटरी क्लब अफ न्यूरोड सिटीले पाटन अस्पताललाई दियो स्वास्थ्य उपकरण


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको छ ।

रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका प्रेसिडेन्ट सरिन श्रेष्ठले पाटन अस्पतालका मेडिकल डाइरेक्टर इमरान अन्सारीलाई शनिबार हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ को संक्रमण बढिरहेका बेला विरामीको श्वास प्रश्वासमा उपयोगी उक्त स्वास्थ्य उपकरण नेपालमा पहिलो पटक प्रयोगमा ल्याउन लागिएको हो । आईसीयूमा उपचार गराइरहेका विरामीलाई भेन्टिलेटरमा लैजानअघि हाइ फ्लो नासल क्यान्योल उपकरण प्रयोगमा ल्याउन सकिने निर्देशक डा. अन्सारीले बताए । यो उपकरणले भेन्टिलेटरका मागलाई घटाउने डा. अन्सारीको भनाइ छ ।

कारोना संक्रमितलाई स्वास्थ्य सेवामा सहयोग पुगोस् भनेर रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंले नयाँ प्रविधिको स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको क्लबका प्रेसिडेन्ट श्रेष्ठले बताए ।

उपकरण किन्नका लागि सहयोग गर्ने इनरव्हील क्बल अफ न्यूरोडसिटी काठमाडौंका तर्फबाट प्रेसिडेन्ट मिरा मरसानी श्रेष्ठ , रोटरी क्लब अफ काठमाडौं मिटटाउनका तर्फबाट प्रेसिडेन्ट कृष्णनारायण सिंह, हिमानी ट्रस्टका तर्फबाट उत्तम निरौला, उनकाजुको जापानका तर्फबाट निर्मणीलाल श्रेष्ठ, प्लानिङ होप इन्टरनेशनलको तर्फबाट किरणलाल चित्रकार, इन्गेज नेपालको तर्फबाट बेटी उडस्यान्ड लाई प्रेसिडेन्ट श्रेष्ठले धन्यवाद दिए ।

कोरोना संक्रमणले विषम परिस्थिति सिर्जना गरेका बेला समाजका लागि केही योगदान पुगोस् भनेर रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंले विभिन्न संघसंस्थासँगको समन्वयमा स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको यस प्रोजेक्टका संयोजक सर्भिस प्रोजेक्ट डाइरेक्टर नीलकण्ठ श्रेष्ठले बताए ।

सेवाभावले स्थापना भएको रोटरी क्लब भएकाले अहिलेको विषम परिस्थितिमा समाजलाई थप योगदान दिने क्लबको योजना रहेको र कोभिड–१९ ले आक्रान्त बनाएको यो परिस्थितिमा काठमाडौं उपत्यकामात्र होइन, देशको ग्रामीण क्षेत्रमा समेत थप सहयोग गर्न रोटरी क्लब तयार रहेको प्रेसिडेन्ट श्रेष्ठको भनाइ छ ।

निकट भविष्यमा पनि अन्य विभिन्न संघसंस्था संग समन्वय गरेर यस्तै प्रकृतिका परोपकारी काम गर्न तयार रहेको श्रेष्ठले बताए । सेवामुलक कामका लागि रोटरीसंग हातेमालो गरेर अघि बढ्न सामाजिक संस्थालाई आग्रह समेत गरे ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ६ : ५९ बजे

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६