भारतको बिहार विधानसभा निर्वाचनको मतगणना आज « Khabarhub

भारतको बिहार विधानसभा निर्वाचनको मतगणना आज


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको बिहार राज्यको विधानसभा निर्वाचनको मतगणना आज हुँदैछ ।

तीन चरणमा भएको निर्वाचनको मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टी र जनता दल युनाइटेडले हार्ने एक्जिट पोलहरुको  अनुमान छ ।

अहिलेको विपक्षी दल राष्ट्रिय जनता दल नेतृत्वको महागठबन्धनले स्पष्ट बहुमत ल्याउने अनुमान एक्जिट पोलहरुले गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

२४३ सदस्यीय बिहार बिधान सभामा अहिले राष्ट्रिय जनता दलको ८० सिट छ । यस्तै जनता दल युनाइटेडको ७१, बिजेपीको ५३ र काँग्रेसको २७ सिट रहेको छ ।

पछिल्लो तीन कार्यकाल मुख्यमन्त्री बनेका नितिश कुमारले आफ्नो यो निर्वाचन अब अन्तिम निर्वाचन भएको बताएका छन् ।

विभिन्न एक्जिट पोल र अनुमानले लालु यादवका छोरा तेजश्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल गठबन्धनले बहुमत ल्याउने अनुमान गरिरहेका छन् ।

भ्रष्टाचारको आरोपमा जेलमै रहेका लालु यादव बिना उनका छोरा तेजश्वी यादवले आफ्नो नेतृत्वमा पहिलो पटक चुनाव लडेका हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : २० बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर