भारतको बिहार विधानसभा निर्वाचनको मतगणना आज | Khabarhub Khabarhub

भारतको बिहार विधानसभा निर्वाचनको मतगणना आज


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको बिहार राज्यको विधानसभा निर्वाचनको मतगणना आज हुँदैछ ।

तीन चरणमा भएको निर्वाचनको मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टी र जनता दल युनाइटेडले हार्ने एक्जिट पोलहरुको  अनुमान छ ।

अहिलेको विपक्षी दल राष्ट्रिय जनता दल नेतृत्वको महागठबन्धनले स्पष्ट बहुमत ल्याउने अनुमान एक्जिट पोलहरुले गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

२४३ सदस्यीय बिहार बिधान सभामा अहिले राष्ट्रिय जनता दलको ८० सिट छ । यस्तै जनता दल युनाइटेडको ७१, बिजेपीको ५३ र काँग्रेसको २७ सिट रहेको छ ।

पछिल्लो तीन कार्यकाल मुख्यमन्त्री बनेका नितिश कुमारले आफ्नो यो निर्वाचन अब अन्तिम निर्वाचन भएको बताएका छन् ।

विभिन्न एक्जिट पोल र अनुमानले लालु यादवका छोरा तेजश्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल गठबन्धनले बहुमत ल्याउने अनुमान गरिरहेका छन् ।

भ्रष्टाचारको आरोपमा जेलमै रहेका लालु यादव बिना उनका छोरा तेजश्वी यादवले आफ्नो नेतृत्वमा पहिलो पटक चुनाव लडेका हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : २० बजे

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर